October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पालिका स्तरीय वार्षिक परिक्षा हिमालीमा सञ्चालन

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० ११:३३
पालिका स्तरीय वार्षिक परिक्षा हिमालीमा सञ्चालन

उमेश रोकाया,बाजुरा- जिलाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका पालिका स्तरीय वार्षिक परिक्षा सञ्चालन गरिएको छ।

हिमाली गाउँपालिकाको पालिका स्तरीय वार्षिक चैत १ गते बिहीबारदेखि सञ्चालन गरिएको छ। पालिका भरीका २२ वटा बिधालयमा उत्तरपुस्तिका सहित स्थलगत पुगेर एकै साथ कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई पालिका स्तरीय परिक्षा लिने गरेको छ। गाउँपालिकाका ८ वटा माध्यमिक बिधालय र १४ वटा आधारभुत बिधालय शैक्षिक संस्था रहेका छन। जसमा कक्षा ८ को परिक्षालाई मध्यनजर गरेर पालिकाका १२ वटा बिधालयमा केन्द्राध्यक्ष सहित परिक्षा केन्द्रमा खटाएको हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ।

सबै बिधालयले आफ्नो विद्यार्थीहरुको परिक्षा मुल्यांकन अनुसार नतिजा प्रकाशन गर्ने भएको छ। कक्षा ८ को गणित, विज्ञान र अङ्ग्रेजी विषयको मुख्य विषय परिक्षा गराउने र बिधालय खटिएका केन्द्राध्यक्षले उत्तरपुस्तिका सहित साथमा ल्याएर गाउँपालिका पुर्‍याउने समेत भनिएको छ। गाउँपालिकामा ल्याएका उत्तरपुस्तिका पालिकाले चेकजाँच गरि बाँकि रहेका ४ वटा विषयको बिधालयले चेकजाँच गरेको नम्बर सहित उपलब्ध गरायो भने गाउँपालिकाले कक्षा ८ को अन्तिम नतिजा प्रकाशन गर्ने भएको छ।

चैत १ देखि ८ गतेसम्म परिक्षा सञ्चालन गरिने भएको छ। हिमाली गाउँपालिका वार्षिक परिक्षामा सामेल हुने संख्या २ हजार ५ सय विद्यार्थीहरु परिक्षा सहभागिता भएका छ्न। परिक्षा स्वच्छ र मर्यादित रूपमा गराउन पालिकाका सबै बिधालयलाई आग्रह समेत गरेको छ। गाउँपालिका आधारभूत र माध्यमिक बिधालय कक्षा १२ सम्मका अध्यनरत विद्यार्थी संख्या ३ हजार ५ सय रहेकोे शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट