
सेतीकर्णाली खबर – २५ जेठ बाजुरा
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराको प्रथम जिल्ला अधिवेशनबाट सोमबार नयाँ कार्य समिति चयन गरिएको छ ।
जिल्ला कार्य समितिको नयाँ कार्य समितिको सभापतिमा नवराज जैशी पुनः निर्वाचित भएको निर्वाचन समिति संयोजक शंकर गिरीले बताउनु भएको छ
।
रास्वपाको प्रथम जिल्ला अधिवेशनपछि जिल्ला कार्य समितिको सर्वसम्मत रुपमा जैशी सभापति रहने गरी ९ सदस्यीय कार्य समिति चयन गरिएको गिरीले बताउनु भएको छ ।
पार्टीको जिल्ला कार्य समिति उपभापतिमा पूर्णलाल पाण्डे, सचिव विक्रम गुयाल, सहसचिव विर्ख विष्ट, र कोषाध्यक्ष सिता बुढा ( ओली) सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचन समिति सदस्य मिना कुमारी रोकायाले जानकारी दिनु भएको छ ।
उहाँले दिएको जानकारी अनुसार निर्वाचित नयाँ कार्य समितिलाई प्रमाण पत्र सहित सपथ ग्रहण गराइएको बताउनु भयो ।
आइतबारबाट जिल्ला सदरमुकाम मार्तडीमा सुरु भएको प्रथम जिल्ला अधिवेशनमा ९ वटै पालिकाबाट करिव पाँच सय बढी जिल्ला अधिवेशन प्रतिनिधी सहभागी भएको रास्वपा बाजुराले जनाएको छ ।
नयाँ कार्य समितिको सचिव पदमा भने विवाद भएको छ । सचिवका आकांक्षी दुई जना भएपनि जवरजस्त आफुलाई सचिवबाट हटाएर अर्काेलाई बनाएको प्रति निवर्तमान कार्य बहाक सचिव मीन बहादुर सिंहले असन्तुष्टी जनाएका छन् ।
सचिव पदमा दाबी रहँदा पनि नयाँ चयन भएका सचिव गुयाललाई सहमती विना बनाएको भन्दै पार्टीको साधारण सदस्य नरहने गरी पार्टी त्याग्न लागेको सिंहले बताउनु भएको छ ।
पार्टीको जिल्ला कार्य समितिको सचिवमा विवाद भएपनि नयाँ कार्य समिति घोषणा भएको छ ।
