November 8, 2024 | शुक्रबार, कार्तिक २३, २०८१

खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख २३, २०८१ १0:३९
खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन गरिएको छ।

शैक्षिकसत्र सुरु संगै बिधालय पढाई गुणस्तर लाई प्रभावकारी बनाउन बिधालय अनुगमन गरिएको छ। बिधालयका बालबालिका पढाई कसरी गुणस्तरीय बनाउन सकिने हो त्यसको लागी सुझाव संकलन सहित राय सल्लाह अनुसार अगाडि बढाउनका लागि बिधालय अभिभावक जनप्रतिनिधि र शिक्षक सहित सहभागितामा अनुगमन कार्य गरिएको छ। जसले गर्दा पालिका भरीको पढाई मध्यनजर राख्दै बिधालय अनुगमन कार्य अहिले तिव्र रूपमा अगाडि बढाएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

बिधालय सुधार गर्ने अभियानका साथ स्कुलमा खेलकुद क्षेत्रलाई पहिलो प्राथमिकता राखेर अनुगमन गरिएको छ। खेलकुद पछिल्लो चरणमा खेल क्षेत्रमा खसेको महसुस भएको हुँदा अहिले बिधालय खेलकुद मैदान लाई व्यवस्थाका राम्रो गुणस्तर बनाउनका लागि आफू सहित वडा अध्यक्षहरु लाई साथमा लगेर बिधालय खेलकुद अवस्था बारेमा कस्तो किसिमको रहेकोे छ। यसलाई थप सुधार गर्नुपर्ने अथवा निर्माण भैरहेको खेलकुद क्षेत्रमा स्थलगत अनुगमन कार्य भैरहेको छ।

बिधालयमा गुणस्तर शिक्षा प्रदान गर्नका लागि बिधालय पढाई सामाग्री सहित भौतिक सामान कस्तो किसिमको छ। त्यसको समस्यालाई समाधान गर्नका निम्ति बिधालय कक्षा कोठामा गएर चेकजाँच संगै हेरफेर गरेको छ। बिधालय गुणस्तर र खेलकुद क्षेत्रलाई कमि कमजोरी नबनाउने हिसाब आफू निर्वाचन भएको दोस्रो वर्ष बाट अहिलेसम्म निरन्तरता दिएको छ। जति शिक्षा क्षेत्रमा आफ्नो योगदान र लगानीको पालिकाले गरेको छ। त्यसको प्रतिफल सोचेको जति भएपनि अहिले त्यसको शन्यू अवस्था देखिरहेको छ।

जुन अहिले बिधालयमा बिद्यार्थी गुणस्तर घट्दो क्रम छ। यसैलाई केही परिवर्तन ल्याउन आफ्नो बिधालय र खेलकुदमा स्थलगत अनुगमनको पाटोलाई अग्रता दिएको छ। विगतको समय भन्दा यश वर्षको विद्यार्थी पढाई नतिजा केही फरक ल्याउन आफू स्वयम लागेको अध्यक्ष मल्लले बताए। बिधालय गुणस्तर बनाउन गाउँपालिकाले जतिको शिक्षा क्षेत्रमा लगानी लगाएको रहेकोे छ। त्यो सबै बिधालय अभिभावक, शिक्षक र विद्यार्थी सहितको सबैभन्दा बढी जिम्मेवारी निभाउने हो भने बिधालय सुधार गर्न समय नलाग्ने देखिन्छ।

अहिलेसम्मकै बिधालय पढाई जति गरेपनि अन्तिम त्यसको नतिजा भने जति आउनुपर्ने हो। त्यति आउन सकेको छैन। बिधालय पढाई थप सुधार पक्षमा लागेको छु। विद्यार्थी पढाई लाई गुणस्तर गराउन त्रिपक्षको भुमिका उत्तिकै जिम्मेवारी रहेकोे छ। शैक्षिक क्षेत्रमा लाई सुधार गर्नका लागि शैक्षिकसत्र सुरु भएको दिनबाट सुरुवात गरिएको छ। यसमा केही विद्यार्थी पढाईमा फेरबदल हुनसक्ने देखिन्छ। पालिका भरिका बिधालय शैक्षिक सुधार गर्नका लागि आफू निर्वाचन बिजय भएको दिन देखि अहिलेसम्म पछाडि हटेको छैन। गाउँपालिका कार्यपालिका बैठक देखि निति तथा योजना बनाउन कामलाई पहिलो प्राथमिकता दिदै आइरहेको अध्यक्ष मल्लले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -