October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको पुलहरुको टेन्डर तत्काल हुने, अध्यक्ष रोकायाले गरे स्वास्थ्य शिविर, नुनडिपो र खाद्य डिपो स्थापनाको पहल

  • सेती कर्णाली खबर
  • मङ्लबार, भदौ २१, २०७९ १४:२३
बाजुराको पुलहरुको टेन्डर तत्काल हुने, अध्यक्ष रोकायाले गरे स्वास्थ्य  शिविर, नुनडिपो र खाद्य डिपो स्थापनाको पहल

उमेश जङ्ग शाही, भाद्र २१ बाजुरा–   बाजुरा जिल्लामा ५ वटा पक्किपुलको टेन्डर  चाँडै हुने कुरा संगै स्वास्थ्य  शिविर , खाद्य डिपो र नुन डिपो स्थापनाको लागि पहल गरेको स्वामीकार्तिक खापर गाँउपालिका अध्यक्षले सामाजिक सञ्जालमा सार्वजनिक गरेकाछन।   गाउँपालिकाको बिकासको  लागि यतिखेर रोकाया विभिन्न मन्त्रालय धाउने गरेको पाइएको  छ।                                           स्वामिकार्तिक खापर गाउपालिका  सडक संजालमा जाेडनकालागि वाडा नं १ काे काम्तिमा कर्णालीमाथि बन्नलागेकाे स्टिल ब्रिज बनाउन पहल गरिदिनहुन भाैतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव तुल्सीराम भट्टराई समक्ष राख्दै गर्दा उहाले तत्कालै टेण्डर हुदैछ भन्ने जानकारी दिएको गापा अध्यक्ष रोकायाले खुलासा गरेका छन । टेन्डर हुनलागेका तपशिलका पुल तथा विनियोजित  बजेट यश प्रकार छ।
१. काम्ति कर्णाली पुल – १६ कराेड ९६ लाख
२. अनै पुल – ६ कराेड ७८ लाख
३. भाैनेरा पुल – १२ कराेड २९ लाख
४. मालागाड पुल – ११ कराेड ४३ लाख
५. सिमधारा पुल -७ कराेड ९७ लाख             स्वामिकार्तिक खापर गाँउपालिकालाई खाध्य सुरक्षाका हिसाबले सबल बनाउनकालागि गाँउपालिकाे वाड नं. १ र २ काे केन्द्र पर्ने मुक्तिकाेटमा र वाड नं ३ काे जुकाेटमा खाध्य डिपाे र नुन डिपाे बनाउन पहल गरिदिन प्रदेश मुख्य सचिव नारायण प्रसाद शर्मा दुवाडी र नेपाल खाध्य संस्थान प्रदेश प्रमुख एन्जिला बस्नेत संग भेट गरि कुरा राख्दा सकारात्मक जवाफ पाएकाे  र साथै आफु आशावादी रहेको स्वामिकार्तिक अध्यक्षले सामाजिक सञ्जालमा सार्वजनिक  गरेको भेटिएको छ।                                         तेतिमात्र  हैन स्वामिकार्तिक खापर गाँउपालिकामा बृहत् स्वस्थ्य सिविर चलाउनका लागि सुदुर पश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रालयका सचिव दिपक लामीछाने र अस्पताल बिकास चिकित्सा शाखा प्रमुख डा. चेतराज जाेशी संग छलफल गर्दा असाेज महिनाकाे पहिलाे हप्तामा गर्ने आश्वासन पाएको समेत गापा अध्यक्ष  रोकायाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन।

  • सेती कर्णाली खबर
  • -