सेतीकर्णाली खबर/बाजुरा- कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ४ औं अधिवेशन तथा ९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना स्वामीकार्तिक खापर गाउँपालिका सभा हलमा कार्तिक २५ गते कार्तिकस्वामी बहुउद्देश्यीय सहकारीको अधिवेशन तथा साधारणसभा गरेको छ। उक्त अधिवेशन सभा अध्यक्ष कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था मेघराज शाही अध्यक्षता कार्यक्रम सञ्चालन भएको छ। प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य रंगमान शाही लगायत संस्थाका पदाधिकारी सेयर सदस्य तथा पत्रकार सहित उपस्थितिमा अधिवेशन भएको कार्यक्रम संचालक नवराज कटेलले बताउनुभयो।
आर्थिक वर्ष २०७९/२०८० मा संचालक समिती १० वटा महत्त्वपूर्ण निर्णय गरेको छ। संस्थाको समन्वय विस्तारका कारण मानव संशोधन केन्द्र एच.आर.सि. बाजुराको आर्थिक सहयोग ल्यापटप दराज र कुर्ची प्राप्त गरेको छ। २०७९/०८० को कुल सम्पत्ति र दायित्व रु.९५लाख ९८ हजार १ सय ७३ रुपैया ६० पैसा छ भने गत वर्षको सम्पत्ति र दायित्व रु. ९६ लाख ३१ हजार ३ सय ६२ रुपैयाँ ५९ पैसा मा ०.३४ प्रतिशतले घटेको सहकारी अध्यक्ष मेघराज शाहीले बताएका छन।
कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ४ औं अधिवेशनमा नयाँ समिति गठनमा अध्यक्ष मेघराज शाही उपाध्यक्ष नवराज कटेल सचिव उमेश जङ्ग शाही कोषाध्यक्ष ज्ञानुदेवी शाही सहित ५ जना सदस्य गरि जम्मा ९ जनाको समिति गठन कार्य निर्माण गरिएको छ। सोही सहकारी संस्थाको लेखा समिति संयोजक लोकेन्द्र बहादुर शाही सहित २ जना सदस्य रहेका छन। भने ऋण समिति संयोजक पुर्ण बहादुर कैला रहनु भएको निर्वाचन संयोजक प्रेम बहादुर कटेलले सेतीकर्णाली खबरलाई जानकारी दिएका छन।