November 29, 2025 | शनिबार, मंसिर १४, २०८२

आई.पि.भि. खाेप अभियान सम्बन्धी सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १२, २०८१ १४:१८

बाजुरा- पोलियो रोग विरुद्धको आई.पि.भी खोप अभियान २०८१ सम्बन्धि सञ्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरिएको छ।शनिबार सदरमुकाम मार्तडी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराकाे सभाहलमा उक्त अन्तरक्रीया कार्यक्रम गरिएको हाे।

जिल्ला स्थित विभिन्न सञ्चारमाध्ययमा कार्यरत सञ्चारकर्मीहरु संग अन्तरक्रिया गर्दै खाेप अभियानका बारेमा जानकारी गराईएकाे थियाे ।उक्त खाेप अभियान जेठ १३ आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई.पि.भी खोप अभियान जिल्ला बाजुरामा पनि सञ्चालन गर्न लागिएको शनिबार स्वास्थ्य कार्यालय बाजुराले आयोजना गरेकाे सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रममा बताईएकाे हाे ।

आई. पि. भि. खाेप अभियान जिल्लाका नाै वटै स्थानिय तहका करिब ७ हजार ३ सय १९ जना बालबालिकालाई खाेप लगाउने कार्यक्रम रहेकाे स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् । उनका अनुसार आई पि भी खोप अभियान २०८१ मा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खाेप लगाउने तयारी रहेको बताएका छन्। खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकालाई जेठ २६ गतेसम्म पनि उनीहरुको पायक पर्ने खोप केन्द्रमा खोप लगाइने कार्यालय प्रमुख चन्दकाे भनाइ रहेकाे छ ।

जिल्लाका सबै स्थानिय तहका बालबालिकालाई लक्षित गरि खाेप लगाईने भएको छ । लक्षित जनसंख्याकाे आधारमा जिल्लाभर ७ हजार ३ सय १९ जना बालबालिकालाई उक्त खाेप लगाईने भएको छ। सबै भन्दा बढि बुढिनन्दा नगरपालिकामा १ हजार २ सय ५९ बालबालिकालाई खाेप लगाईने भएको छ भने सबैभन्दा कम गाैमुल गाउपालिकामा ३३६ जना बालबालिकालाई खाेप लगाईने भएको छ । त्यस्तै क्रमशः बुढिगङ्गामा ११७८, खप्तडमा ९९२, त्रिबेणिमा ९५३, बडिमालिकामा ८४२, स्वामिकार्तिकमा ७०२, हिमालिमा ५६० र जगनाथमा ४९७ लक्षित जनसंख्याकाे आधारमा खाेप लगाईने भएको छ ।

जिल्ला बाजुरामा ३०० वटा खोप केन्द्र तोकिएका छन् ।सबै भन्दा बढि बुढिनन्दामा ४७ र सबैभन्दा कम २७ वटा खाप केन्द्र रहेका छन् सबै स्थानिय तहका खाेप केन्द्रहरुमा खाेप पठाईसकिएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । खाेप बिद्यालमा सञ्चालन गरिने भएको छ । एक खाेप केन्द्रमा १ जना स्वास्थ्यकर्मी गरि तीन सय स्वास्थ्यकर्मी र ६ सय स्वयम् सेवक खटिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १२, २०८१ १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।