October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दुर्गमका वडा कार्यालय ईन्टरनेट पहुँच, पञ्जिकरण काम सहज

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख ८, २०८१ ११:३७
दुर्गमका वडा कार्यालय ईन्टरनेट पहुँच, पञ्जिकरण काम सहज

उमेश रोकाया,बाजुरा- बाजुरा जिल्लाकै दुर्गम वडा कार्यालयहरुमा ईन्टरनेट पहुँचमा हुँदा पञ्जिकरण काम सहज गर्न सकिने भएको छ।

हिमाली गाउँपालिका वडा १ का सरकारी कार्यालयमा ईन्टरनेट जडान कार्य सम्पन्न गरिएको छ। वडामा रहेका बिच्छ्या स्वास्थ्य चौकी, बिच्छ्या प्रहरी चौकी र वडा कार्यालयमा ईन्टरनेट जडान सहित सेवा सुचारु गरिएको हिमाली गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जोख्या भण्डारीले बताएका छन। पहिला वडा कार्यालयमा ईन्टरनेट जडान गरेको भएपनि बीचमा विभिन्न समस्या परेको हो। अहिले कार्यालय नयाँ एभरेस्ट वारलेस ईन्टरनेट जडान गरिएको छ।

वडा कार्यालय ईन्टरनेट जडान गरिसकेपछि ईन्टरनेट बाट गर्नसक्ने काम जति सबै जनताको सेवा सुबिधाका लागि प्रदान गरिने भएको छ। विशेषगरी भौगोलिक हिसाबले पिछडिएको वडा भएको हुँदा ईन्टरनेट पहुँचमा कमि हुँदा वडाबाट हुने काम गाउँपालिकामा गएर गर्नुपर्ने बाध्यता रहेकोे थियो। अब वडा कार्यालय ईन्टरनेट पहुँचमा आइसकेपछि कार्यालय प्रदान गरिने जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ र सम्बन्ध विच्छेद लगायत पञ्जिकरणका काम वडा बाट सेवा केहि दिन बाट सञ्चालनमा ल्याइने भएको छ।

पहिला हामीले वडा कार्यालय बाटै पञ्जिकरण काम सुचारु गरेका थियौ। पछि ईन्टरनेट र अन्लाईन मार्फत गर्नुपर्ने भएको कारणले समस्या आएको हो। अब कार्यालय ईन्टरनेट सहित सुबिधा आएको हुँदा पञ्जिकरण सहित अन्लाईन मार्फत गर्ने सबै कामकाज गाउँपालिका धाउनुपर्ने बाध्यता हटाउन तिर लागेको वडा अध्यक्ष भण्डारीले बताएका छन।

गाउँपालिका इमेल ईन्टरनेट हुनसक्ने सूचना प्राप्त गर्न सजिलोसँग पाउन सकिने भएको छ। वडा कार्यालय मात्र ईन्टरनेट नभए वडा भित्र सरकारी कार्यालय ईन्टरनेट पहुँचमा ल्याएको छ। ईन्टरनेट गर्ने मिल्ने सानोतिनो काम यतै बाट गर्न सकिने हुँदा आफू खुसी भएको छु। वडा कार्यालय स्थायी कर्मचारी अभाव भएको छ। तत्काल स्थायी कर्मचारीको व्यवस्था गरी वडा कार्यालय दिने सकिने जनतालाई सजिलैसँग सेवा दिने तर्फ आफ्नो कदम चालिएको छ।

विगत जस्तो समस्या भोग्नुपर्ने अवस्था छैन। अब वडा कार्यालय सेवा गुणस्तर बनाउन आफू सधै लागिपरेको छु। वडा टोलमा स्वास्थ, शिक्षा, खानेपानी, विद्युत र सडक पहुँचमा पुर्‍याउन आफू निर्वाचित भएको दिनबाट विकासका निम्ति लागेको छु। बेरोजगारी युवालाई रोजगारी बनाउन र गरिबी पन्न हटाउन आफ्नो अभियान निरन्तर रहेकोे छ। आफ्नो कार्यकाल समय भित्र वडामा सडक पहुँचमा ल्याउन विशेष पहल रहने भएको छ।

यसैगरी हिमाली गाउँपालिका वडा नम्बर ३ को स्वास्थ्य सेवा केन्द्रमा ईन्टरनेट जडान गरिएको अध्यक्ष मंगल बुढाले बताएका छन। ईन्टरनेट पहुँचमा नहुदा गाउँपालिका जान एक दिन पुरा पैदल यात्रा गर्नुपर्ने र २ घण्टा जिपको यात्रा गरेर पालिका पुगेर काम गर्नुपर्ने बाध्यता रहेकोे छ। अब वडा कार्यालय ईन्टरनेट जडानका लागी परेको छु। भौगोलिक हिसाबले सबैभन्दा पछाडी परेको वडामा ईन्टरनेट सेवा सुचारु गर्न समस्या भएको छ। ईन्टरनेट जडान अब केही दिनपछि वडा कार्यालय नेट जडानका लागि एभरेस्ट वारलेस नेटवर्क संग समन्वय गरिसकेको छ। जसले गर्दा पञ्जिकरण काम वडा कार्यालय बाट सेवा प्रवाहमा समस्या भएको वडा अध्यक्ष बुढाले बताएका छन।

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख ८, २०८१ ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?