October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेकपा एमाले बाजुराको रङ्गमान शाही अध्यक्ष बन्ने निश्चित

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस २२, २०७८ १२:३१
नेकपा एमाले बाजुराको रङ्गमान शाही अध्यक्ष बन्ने निश्चित

निमेन्द्र शाही बाजुरा /नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा पहिलो पुस्ताका जिम्मेवार नेताको हैसिएतमा रहेका पुर्ब जिबिस उप सभाति तथा पुर्ब उपाध्यक्ष रंगमान शाही नेकपा एमाले बाजुराको  एकल उम्मेद्धार अध्यक्ष  बन्ने निश्चित भएको छ। यस अगाडी जिम्मेवारी नलीएकाे र पार्टिलाएइ एक बद्ध बनाउँन त्याग गरेका र सबै नेताले रुचाउँने पाका नेता भएका कारण कारण उनी यस पटक सहमतीका एकल उम्मेद्धार हुन्।
नेकपा एमालेको अफ्ठ्योरोमा पर्दा सम्झीने र पहिलो पुस्ताको बिस्वाशीलो नेताका रुपमा रहेका नेता रंगमान शाहीको पक्षमा जिल्ला अधिबेशनको जनमत देखीएको छ। गुट उपगुट नभनि नेकपा एमाले जोगाउँनु पर्छ भनेर अहोरात्र खटीएका शाहीले अहिले सम्म पार्टीको उपल्लो पदको जिम्मेवारी लिएका छैनन्। यो अधिबेशनमा आफु्लाई सहमतीका रुपमा सबै सथिहरुले सहयोग गर्ने उनको दाबी रहेको छ।
नेकपा एमालेमा पहिलो पुस्ताका नेताहरुमा उनि एक अब्बल उम्मेद्धारका रुपमा रहेका छन्। अधिबेशनमा सहमती कसैको नाममा हुँने भए शाही मात्र एक उम्मेद्धार रहेको कुरा जिल्ला प्रतिनिधीहरुले बताउने गरेका छन्।
पार्टी संगठीत सदस्य संख्याको आधारमा ६९ वटै वडाबाट प्रतिनिधी सर्वसम्मत छनोट गरिएको एमाले पार्टी संगठन विभाग प्रमुख जनक बोहराले जानकारी दिएका छन् ।५० जना बराबर १ खुला, ३५ जना बराबर १ दलित, २५ जना बराबर १ जनजाति समुदायबाट प्रतिनिधी छनोट हुने मापदण्ड तय गरिएको छ । सोही मापदण्ड अनुसार सबै वडामा सर्वसम्मत प्रतिनिधी चयन गरिएको छ ।
सबै वडामा छनोट प्रक्रिया सर्वसम्मत गरिएपनि केहीमा घोषणा हुन बाँकी रहेको एमाले पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् । छनोट भएका प्रतिनिधीको नामविवरण भने आउन बाँकी रहेको छ ।
नामावली विवरण आउन बाँकी रहेपनि जिल्ला संगठन विभागले नै तय गरिएको संख्याका आधारमा प्रतिनिधी छनोट गरिएको छ । जसमा बुढीगंगा र बुढीनन्दा नगरपालिकाबाट सबैभन्दा बढी ६०।६० जना प्रतिनिधी छनोट भएका छन् । भने हिमाली गाउँपालिकामा सबैभन्दा कम २३ जना प्रतिनिधी छनोट भएका छन् ।

पालिका तहबाट बडिमालिकामा, ४९, बुढीगंगा ६०, गौमुल ५३, स्वामिकात्र्तिक २८, हिमाली २१, त्रिवेणी २३, बुढीनन्दा ६०, खप्तड छेडेदह २३ र जगन्नाथबाट ३८ जना प्रतिनिधी आउने संख्या देखिन्छ ।
१।२ जनाको संख्यामा तलमाथि भएपनि सोही संख्याको आधारमा प्रतिनिधी छनोट हुने र विवरण आइसकेपछि मात्र तथ्याकं एकीन हुने संगठन विभागले बताएको छ । भोलिसम्म सबै वडाको नामावली सहीतको विवरण एकीन गरिसक्ने तयारी एमालेले गरेको छ ।
नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा जिल्ला कमिटीमा रहेका ९१ जना, पालिकाबाट छनोट हुने ३५५ र पार्टीका आधिकारी २२ वटा जनवर्गिय संगठन मध्ये करिब ४५ जनाको संख्यामा प्रतिनिधीले भाग लिने छ ।
जनवर्गिय संगठनबाट १ महिला अनिवार्य हुने गरी ३ जना प्रतिनिधीत्व गराउने निणर्य गरिएको छ । यी सबै संख्या जोड्दा जिल्ला अधिवेशनमा ४ सय ८० बढी प्रतिनिधी रहने अनुमान गरिएको छ । जनवर्गिय संगठन अन्र्तगत ८ वटाबाट मात्र प्रतिनिधीत्व गराउने निणर्य पार्टीले गरेपनि जिल्लामा क्रियाशिल संगठन सबैले पाउनु पर्ने दबाब बढेको छ ।
जिल्लामा २२ मध्ये १५ बढी जनवर्गिय संगठन क्रियाशिल रहेका छन् । पार्टी निर्माण र पार्टीका पक्षमा काम गर्ने संगठनलाई नै विभेद गरिनु पर्ने र अधिवेशनमा भाग लिन पाउने अधिकारबाट वञ्चित गराउन नहुने माग संगठनका नेताहरुको छ ।

  • सेती कर्णाली खबर
  • -