October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पालिकाको आफ्नै डोजर भित्रिएपछि गाउँपालिका अध्यक्ष मल्लले गरे पुजा

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज २५, २०८० १२:५१
पालिकाको आफ्नै डोजर भित्रिएपछि गाउँपालिका अध्यक्ष मल्लले गरे पुजा

उमेश रोकाया,२५ असोज/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले नयाँ डोजरको पुजा गरेका छन।

गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल तथा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी लगायत कर्मचारीले नयाँ डोजर भित्रिएपछि गरे पुजा गरेका छन। बिहीबार एक अनौपचारिक कार्यक्रम बिच गाउँपालिकाको कार्यालयमा डोजर सञ्चालन गरे संगै पुजा पाट गरेका छन।

भौतिक पुर्वाधार विकास लाई मध्यनजर गरि डोजर खरिद गरिएको छ। उक्ति डोजर लाई विभिन्न विकास लाई डोजर गर्न कामहरू समाधान गर्नका निम्ति नयाँ स्रोतसाधन ल्याएको छ। अबका डोजर मार्फत हुने काम गाउँपालिका डोजर छिटोछरितो ढंगले काम गरिने भएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभएको छ।

आफ्नै डोजर भित्र्याए पछी सडक निर्माणकार्य देखि विभिन्न काम सजिलोसँग काम सम्पन्न गरिने भएको छ। पहिला जस्तो हिमाली गाउँपालिकाका सडक संजाल जोडिएको ठाउँका ग्रामीण सडक विभिन्न अवरुद्ध हुने जस्ता समस्या समाधान गर्नसक्ने अवस्था रहेकोे छ। विगत लामो समय देखि सडक निर्माण सम्बन्धि काम अरु मार्फत गरिन्थ्यो भने पालिकाको आफ्नै डोजर खरिद भएपछि आफ्नो स्रोतसाधन प्रयोग गरि काम सहजरूपमा गरिने भएको अध्यक्ष मल्लले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज २५, २०८० १२:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट