February 17, 2025 | सोमवार, फाल्गुन ५, २०८१

बाजुराको कुन्नाक्षेत्रमा महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

  • सेती कर्णाली खबर
  • बुधबार, चैत्र १, २०७९ १५:३0
बाजुराको कुन्नाक्षेत्रमा  महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

उमेश जङ् शाही १ चैत,  बाजुरा – जिल्लाको प्रदेश (क)  कुन्ना  क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ । जिल्लाका चार वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव मुल समारोह समिति तथा सरोकारवालाहरुको आज बसेको बैठकले कुन्ना क्षेत्रमा कृर्षि, पर्यटन तथा सांँस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको हो । बुढीनन्दा नगरपालिकाको कार्यालय कोल्टीमा आज बसेको बैठकले कृर्षि, पर्यटन तथा सांँस्कृतिक महोत्सवको व्यवस्थापन तथा तयारीको लागि विभिन्न जिम्मेवारी दिने निर्णय गरेको छ । पीलुपादुका, देउरा पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उदेश्यले यहि वैशाख ४ गते देखि ८ गते पीलु पादुकामा आयोजना गरीने महोत्सवको मञ्च व्यवस्थापन, अतिथी सत्कार तथा सम्मान, मिडीया परिचालन, कलाकारको जिम्मा लगायतका विषयमा जिम्मेवारी प्रदान गरीएको आयोजक समिति संयोजक जनेश भण्डारीले सेतीकर्णाली अनलाइन  खबरलाई जानकारी गराए। संयोजक भण्डारीका अनुसार मञ्च ब्यवस्थापन तथा हल निमार्णका लागि पीलुचौर र कोल्टी बजार ब्यवस्थापनलाई जीम्मा दिने, अतिथि सत्कार तथा सम्मान कार्यक्रमका लागि उद्योग वाणिज्य संघ र बजार ब्यवस्थापन, मिडिया परीचालन पत्रकार महासंघ बाजुरा, कलाकारको ब्यवस्थापनाका लागि लोक दोहोरी प्रतिष्ठानलाई जीम्मा दिने लगायतका निर्णय गरीएको छ । बाजुराको सम्भावना, प्राकृतिक स्रोत साधान, ऐतिहासिक तथा धार्मीक महत्व र बाजुराका रहन सहन, रीतिरीवाज र संस्कार संस्कृतिलाई उजागार गर्न बाजुराका चार वटै पालिकाले संयुक्तरुपमा महोत्सवको आयोजना गर्ने निर्णय भएको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार वोहोराले  बताए । अभाव, गरीवि र पछौंटेपनका रुपमा चिनिने बाजुरालाई सम्भावनाका रुपमा चिनाउन महोत्सवको विषेश भुमिका रहने देखिन्छ। । करीव चार दिन सम्म चल्ने महोत्सवमा प्रत्यक स्थानिय तहका विभिन्न किसिमका स्टल प्रर्दशनि, स्थानिय स्तरका चिनारी, विभिन्न कृर्षि उत्पादित वस्तु, पर्यटन तथा धार्मीकस्थल, सभ्यता संस्कृति, भेषभुषा तथा झाँकि लगायतका स्थानिय स्तरका विभिन्न कला प्रर्दशन गरीने आयोजकले जनाएको छ । महोत्सवमा स्थानिय स्तरका कलाकारको प्रस्तुति रहने जनाईएको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, चैत्र १, २०७९ १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  