September 16, 2024 | सोमवार, भदौ ३१, २०८१

हिमाली र खाद्य व्यवस्था कम्पनी बीच रैथाने बाली संकलन, बजारीकरण सम्बन्धि सम्झौता

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २३, २०८० 0४:५२
हिमाली र खाद्य व्यवस्था कम्पनी बीच रैथाने बाली संकलन, बजारीकरण सम्बन्धि सम्झौता

उमेश रोकाया,२३ साउन/बाजुरा- हिमाली गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौ बीच रैथाने बालीको संकलन, ब्राण्डिङ, बजारीकरण सम्बन्धि साझेदारी/सम्झौता गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

नेपालको विद्यमान कृषि प्रणालीलाई व्यवसायिक प्रतिस्पर्धात्मक बनाई सिमान्तकृत किसानहरुको जीवनस्तरमा सुधार ल्याउन र संघीय सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको बुँदा नं. ८ मा उल्लेख भएको रैथानेमा गर्व गरौ भन्ने नारासाथ कर्णाली प्रदेश लगायत विभिन्न स्थानका उत्पादनको प्राणिडङ गरि रैथानेवालीको बजारीकरणमा सहलगानी तथा सहकार्य गर्न बाजुरा जिल्लाको हिमाली गाउँपालिका र आसपासका क्षेत्रमा स्थानीय किसानहरुले उत्पादन गरेका रैथाने वालीहरुको उचित मूल्य प्रदान गर्दै किसानलाई प्रोत्साहन गर्न तथा बालीको उचित संरक्षण गरि उत्पादन संकलन प्राणिडङ तथा बजारीकरण गर्ने लक्ष्यका साथ रैथानेमा गर्व गरौं भन्ने संधीय सरकारको नीति र नारालाई साकार पार्न प्रथम पक्ष हिमाली गाउँपालिका धुलाचौर बाजुरा र दोस्रो पक्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौं मुख्य कार्यकारी अधिकृत मोहन प्रकाश चन्द बीच साउन २१ गते निम्न: शर्तमा समझदारी /संझौता गरिएको अध्यक्ष मल्लले बताउनुभयो।

१) बाजुरा जिल्लाको हिमाली गाउँपालिका र आसपास क्षेत्रका स्थानीय किसानहरुले उत्पादन गरेका रैथाने बालीहरु जस्तैः
सिमि, फापर, चिनो, कागुनो, मास तथा भटमास लगायतका स्थानीय वालीहरुको उत्पादनमा किसानहरुलाई प्रोत्साहन गर्न हिमाली गाउँपालिका धुलाचौर, बाजुराले सिधै किसानहरु संग या कृषक समुह वा सहकारी समुह र किसानलाई लाभ पुग्ने अन्य माध्यम भएमा सो मार्फत खरिद संकलन र भण्डारण व्यवस्था गरि चिनो र कागुनोको हकमा प्रशोधनको व्यवस्था समेत प्रथम पक्षेले मिलाउने भएको छ।

प्रथम पक्षले खरिद संलकन गरेको खाद्य वस्तुको सफा सुगर तथा प्रशोधन गरि गुणस्तरीय बनाएको खाद्य वस्तु काठमाडौं लगायत देशका प्रमुख शहरका उपभोताहरुलाई सुपथ मूल्यमा उपलब्ध हुने गरि बजारीकरण गर्न दुई पक्ष बीच आपसी छलफल तथा सहमतिमा उचित मूल्य कायम गरि दोस्रो पक्षले हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा खरिद गरि आफ्नो जिम्मामा लिने छ।

३) किसानको कायम मूल्यमा उत्पादनलाई बजारीकरणमा सहज पुग्ने गरि विक्रीको आधारमा प्रथम पक्षेले किसानलाई वित्तीय प्रेरणा वा अन्य अनुदान मार्फत प्रोत्साहन गर्ने छ ।

४. दोस्रो पक्षले हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा प्रथम पक्ष संग खरिद गरेको खाद्य वस्तु काठमाडौं लगायत अन्य सहरी स्थानमा आफ्नै खर्चमा ढुवानीको व्यवस्था मिलाउने छ ।

२) दुवानी पश्चात आकर्षक प्याकेजिङ गरि अन्तिम उपभोक्ता सम्म वितरण गर्न र उत्पादानको बजारीकरणको लागि प्याकेजिङमा उत्पादक (प्रथम पक्ष) र मार्केटिङ गर्ने (दोस्रो पक्ष) को लोगो, निसान र छाप प्रयोग गरिने छ ।

६) प्याकेजिङ सामाग्रिहरुको आकर्षक डिजाईन, खरिद र छपाई सम्बन्धी कार्यहरुमा लाग्ने खर्च प्रथम पक्षले व्यहोर्ने छ । ७) प्याकेजिङ तथा बजारीकरण सम्बन्धी कार्यहरुमा लाग्ने खर्च दोस्रो पक्षले व्यहोर्ने छ ।

८) रैथाने बाली खरिदको मूल्य भुक्तानी :

किसानहरु संग वा कृषक समुह वा सहकारी समूह र किसानलाई लाभ पुग्ने अन्ने माध्यमबाट खरिद गरेको बालीको मूल्य प्रथम पक्षले गाउँपालिकाको कार्यविधि अनुसार भुक्तानी गर्ने छ ।

प्रथम पक्षले किसानहरुबाट खरिद, संकलन, सफा सुधर तथा प्रशोधन गरि गुणस्तरिय बनाई दोस्रो पक्षलाई बिक्री तथा जिम्मा लगायको वस्तुको मूल्य खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय बाजुराले प्रथम पक्षलाई तत्काल भूक्तानी पठाउने छ ।

९) रैथानेमा गर्व गरौं भन्ने संघीय सरकारको नीति र नारालाई व्यापकता दिन दुबै पक्षबाट छापा तथा डिजिटलको माध्यमबाट प्रचार प्रशार गर्न प्रतिवद्ध हुनेछौ ।

१०) माथि उल्लेख भएका शर्तहरुमा दुविधा उत्पन्न भए आपसी समझदारीमा तय गरिने छ।

११) साझेदारी संझौता कार्यान्वयनमा दुबै पक्ष समान रुपमा हुनेछौ ।

१२) यो साझेदारी संझौता मिति २०८० साउन १ गते देखि लागू भई दुई वर्ष सम्म लागु हुने छ, सो अबधित पन मल्याउन गरि आपसी सहमतिमा नविकरण गर्न सकिने छ ।

  • सेती कर्णाली खबर
  • -