October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाली काङ्ग्रेसको हिमालीमा टोल समिक्षा कार्यक्रम

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ३०, २०८० १३:३0
नेपाली काङ्ग्रेसको हिमालीमा टोल समिक्षा कार्यक्रम

उमेश रोकाया,३० फागुन/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर ६ वडा कार्यसमितिले वडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा टोल टोलमा नेपाली काङ्ग्रेसको समिक्षा कार्यक्रम तथा महत्त्वपूर्ण कुरामा बिसयमा छलफल गरेका छन। हिमाली गाउँपालिका प्रत्येक टोलमा टोल पाटी सभापति लगायत त्यहाँका कार्यकर्ता सबै एक आपसमा मिलेर जानुपर्ने अवस्था रहेकोे छ। नेपाली काङ्ग्रेस पाटीका नेता महिनामा दुई पटक पाटीका समिक्षा गर्नुपर्ने देखिएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलला कार्कीले जनाएको छ।

२०७९ को चुनावमा भएको गल्ती कमजोरी लाई सुधार गर्नुपर्ने जरुरी रहेकोे छ। बिगत गलती कमजोरी कामलाई मध्यनजर राख्दै पाटी कार्यकर्ता बिच एक आपसमा हातेमालो गरेर अगाडी बड्यो भने पाटी संघठन बलियो हुने देखिन्छ। पार्टीमा लागेर पाटीमा गर्नसक्ने कामकाजका निम्ति सबै अग्रज पाटी नेतृत्व गर्ने लागिपर्ने हामी सबैको जिम्मेवारी रहेकोे सभापति कार्कीले बताएका छ्न।

अब आउने चुनावका लागी लड्ने जोसुकै व्यक्ति अहिले बाट निरन्तर लागिपर्ने पनि रहेकोे छ। हार जित चलिरहने प्रक्रिया हो। यसलाई तप मजबुत बनाउन अझ काङ्ग्रेस बिकास निकास र जनता लागी सधै पाटी खटिएका छ। काङ्ग्रेस संगठन बलियो बनाउन प्रत्येक टोलटोलमा गोष्ठी समिक्षा कार्यक्रम गरियो भने अझ नेपाली काङ्ग्रेस पाटीको नेतृत्व बलियो रहने भएको देखिन्छ। पाटीका लागी वडा भित्र रहेका नेपाली काङ्ग्रेस कार्यकर्ताले एकता र एकजुट भयो भने पाटी संघठन अब्बल हुने नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सचिव विष्णुभक्त रावतले बताएको छ।

नेपाली काङ्ग्रेस लोकतन्त्र पाटी भएको हुँदा स्वतन्त्र रूपमा चल्ने पाटी कसैको दबाब र अभाव नहुने एक पाटी हो। पाटीमा एक आपसमा मेलमिलाप गर्नुपर्छ। अहिले सन्दर्भ बढी झैझगडा गर्नुभन्दा हामी प्रतिपक्षी संग मिलेर हातेमालो गरेर गयो भने पाटी संघठन बलियो हुने भएको छ। वडा तथा टोलमा नेपाली काङ्ग्रेस नेतृत्व गर्ने सबै नेताकार्यकर्ता सहकार्य समन्वय गर्नुपर्ने रहेकोे छ। पाटीमा जतिको सबै अग्रता नेतृत्व गर्ने नेताहरु एकापसमा भेटघाट तथा समिक्षा कार्यक्रम निरन्तर गरियो भने पाटी सकारात्मक प्रभावकारी हुने भएको देखिन्छ।

समिक्षा कार्यक्रम नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा सभापति अम्मर रावल सभा अध्यक्षमा कार्यक्रम सञ्चालन गरिएको हो। प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय महासमिति सदस्य गोबिन्द बहादुर मल्ल अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय महासमिति सदस्य रमेश विक जिल्ला कार्यसमिति कोषाध्यक्ष भिमानन्द पाण्डे जिल्ला कार्यसमिति सदस्य चन्द्राकला बुढा रहेका छन।

त्यसैगरी नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्की लगायत नेताकार्यकर्ता उपस्थिति वडामा अन्तरक्रिया कार्यक्रम गरिएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले जनाएको छ। नेकपा एमाले पाटी परित्याग गरि नेपाली काङ्ग्रेस पाटी प्रवेशमा हिमाली गाउँपालिका वडा नम्बर ६ का रत्न रोकाया, बल्लाल रोकाया, अबिशेक सुनार लगायत व्यक्ति बिना स्वार्थमा नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरिएको नेपाली काङ्ग्रेस वडा सभापति अम्मर रावलले बताएका छन।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ३०, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट