September 14, 2024 | शनिबार, भदौ २९, २०८१

प्रचारको पखाईमा रानिसैन [फोटो फिचर]

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज १३, २०८० 0८:0५
प्रचारको पखाईमा रानिसैन [फोटो फिचर]

उमेश रोकाया,१३ असोज/बाजुरा- बाजुराको पर्यटकीय क्षेत्र रानिसैन प्रचारको पखाईमा रहेकोे छ।

हिमाली गाउँपालिकाको वडा नम्बर ३ स्थितिमा रहेकोे छ। रानिसैन बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना बिचमा पर्छ। रानीसैन पर्यटकीय विकासको सुन्द क्षेत्रलाई कुनै निकायले नहेरेको छ रानिसैन अति नै सुन्दरताले भरिएको र सुन्दर मनमोहक दृश्य रहेको ठाउँ रहेकोे पाइन्छ।

स्वर्ग जस्तै सुन्दर हिमाल र हिमतालहरू भएका कारणले रानीसैन चिनिएको हो। हिमाली गाउँपालिका भित्रपर्ने रानीशैन बाजुरा, हुम्ला र बझाङ जिल्लाको सिमानाले जोडिएको बीचमा रहेकोे छ। जहाँ रानिसैन समुद्री सतहबाट ३ हजार ५ सय ७८ मिटरको उचाइमा रहेको छ। विभिन्न प्रजाति रंग भएका चौंरीको वासस्थान साथै घोडा, भेडा बाख्राहरुले बन नै ढाकिने सेता काला बथानले छुट्टै आनन्द सुन्दर ठाँउ रहेकोे छ।

हेर्दा चारैतिर प्रकृतिले टपक्कै फुर्सदमा कोरेको ठाउँ जस्तै देखिने गर्दछ। रानीसैन पाटन र हिमताल साथै सानातिना देखि लिएर ठुलो खालका झरनाहरु अवलोकन सहित रमाउन सकिन्छ। हिमाल र पहाडका बीचमा सम्म परेर वर्षा याममा हरियो र हिउँद याममा सेतो कार्पेट प्रकृतिले ओछ्याए जस्तो एक सुन्दर आनन्द रमाइलो अनुभुती हुने स्थान पनि मानिन्छ।

रानिसैनमा पाइने हरेक जीवजन्तु, पशुपंछी, बोटविरुवाले त्यत्ति नै सुगन्ध र रमणीय बनाउने गरेका छन्। रानिसैन क्षेत्रमा पर्ने पश्चिममा अपि सैपाल हिमालको हिउँले ढाकेको छ। भने फेदीमा ३ हजार ५ सय ७८ मिटरको उचाइमा हिमताल रहेको छ। जुन ठाउँबाट दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुन जस्तै सुन्न सकिन्छ।

पर्यटकीय क्षेत्र नजिकै जडिबुटीको भण्डार, बुकी, घाँस लगायतका चिजबिज पाइन्छ। जहाँ फुलै फुलले टम्म परेको रंगिन फाँट आँखाले नभ्याउन्जेल सम्म धीत मर्नेगरी हेर्नको लागि अति नै सुन्दर राम्रो रमणीय रहेकोे छ। जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँच औँले, सेतो चिनी, विष, यार्सागुम्बा लगायतका सयौं जातिका जडीबुटी पाइने गरेको स्थानीय बताएका छ्न।

कर्णाली नदि सङ्हकुवाडी नदीको मूल पनि अपि सैपालको हिउँ र हिमताल नै हो । हालसम्म धेरै आन्तरिक तथा बाहिरी पर्यटकलाई यस क्षेत्रमा आउन सकिरहेको छैन। रानिसैन बिकासको मात्र नभएर संरक्षणको पर्खाइमा रहेको छ। पर्यटकीय पदमार्ग संभावना बोकेको र पर्यटकीय सडक मार्ग साथै होमस्टे र इकोभिलेज जस्ता आयस्रोत वृद्धि बिकास गर्न सकिने ठाउँ रहेको छ। स्थानीय नागरिकको आय आर्जन बढ्ने उन्नतिशील बन्न सक्ने खालको समेत रहेकोे छ।

बाजुराको हिमाली गाउँपालिका सँगै हुम्ला र बझाङबाट रानीसैन बाट पुग्न सजिलोसँग जान सकिन्छ। बाह्र पर्यटनको लागि विषेश गरी सबै भन्दा सहज छोटो नेपालगन्ज बाट बाजुरा विमानस्थल हुदै आउनसक्ने सम्भावना बढी रहेकोे छ। सडक सञ्जालबाट आउने हो भने सुर्खेत हुँदै कर्णाली करिडोरबाट सिधै करिव एक/आदि दिनमा हुदै हिमाली गाउँपालिका केन्द्र पुगिन्छ। भने हवाई जहाजमा नेपालगन्जबाट कोल्टी विमानस्थल र कोल्टी बाट १ घण्टा जीपको यात्रा मार्फत गाउँपालिका केन्द्र पुग्न सकिन्छ।

जीवना हुँदै बौडी, गुम्बा, चियाचौर हुँदै लाम्पाटा भएर एकै र आधा दिन लगाएर रानिसैन पुग्ने गरेको छ। रानीसैन सम्म सडक संजाल नजोडिएको कारणले अधिकास स्थानीय मान्छेहरू समेत जान सकेको छैन। यातायात धेरै भएपनि हिमाली गाउँपालिका केन्द्र देखि हुम्लाको जीवना गाउँ सम्म यातायात सम्म पुगिन सकिन्छ। दिनको पैदल दुरी हुँदै बिचमा युना बौड़ी, गुम्बा लाम्पाटा लगायतका बस्ति हुँदै रानीसैन पुगिन्छ। त्यस भन्दा माथि खर्क गोठालो लाग्ने ठाउँमा बस्न र खाने कुरा पाउन सकिन्छ। केहि बन्दोबस्तीका सामग्री भने आफैँले बोकेर हिडेर जानुपर्ने अवस्था समेत रहेकोे छ।

जिल्लाको सिमानामा पर्ने कवाडी खोलाको बगिरहेको पानी रानीसैन हिमताल हुदै बगेर खोला बनेको स्थानीय बताउन्छ। सरकार परिवर्तन भए पनि रानिसैन भने उस्ताको उस्तै रहेकोे छ। कुनै पनि सरकारले बाजुरा एउटा पर्यटनको सम्भावना बोकेको ठाउँ प्रचारप्रसार कमि हुँदा रानिसैन उस्तै अवस्था ओझेलमा परेको छ। रानिसैन प्रचारप्रसार कमि मात्र होइन यस क्षेत्रलाई संरक्षण र प्रबर्द्धनमा कमि रहेकोे छ।

यसलाई माथी उचाल्न नजिकैको स्थानीय सरकार, प्रदेश र संघ सरकारले पहिलो भुमिका खुल्नु पर्ने रहेकोे छ। विभिन्न ठाउँ जोगाउन स्थानीय लगायत सबैको जिम्मेवारी उत्तिकै रहेकोे छ। चुनावी नारामा रानिसैन लाई विकास, संरक्षण र प्रबर्द्धन जोड दिने भएपनि नारामा सिमित भएको देखिन्छ। अहिलेसम्म बाजुरा संघ र प्रदेश माननीय फेरिएका छन तर रानैसैन एक पर्यटकीय स्थल भने फेरिएको छैन। गाउँमा आउँदा विभिन्न खालका बिकास र निकास कुरा गरेपनि व्यहारिक रूपमा आउन नसकेको स्थानीय बताएका छन।

रानिसैन अहिलेसम्म विभिन्न कारणले ओझेलमा रहेकोे छ। सबै निकायले रानिसैन लाई पर्यटन क्षेत्र बनाए भने स्थानीयको आय आर्जन बढनुका साथै आर्थिक रूपमा बलियो भयो भने जीविकोपार्जनका लागि सजिलो हुनेभएको छ। रानिसैन लाई पर्यटन क्षेत्र बनाउन सबैभन्दा पहिलो जिम्मेवारी नजिकै स्थानीय तहको ध्यानाकर्षण पुग्नुपर्ने रहेकोे छ।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज १३, २०८० 0८:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  