November 14, 2024 | बिहिबार, कार्तिक २९, २०८१

स्वर्गको टुक्रा रानिसैन पर्यटकीय क्षेत्र राज्यको नजरमा गएन

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ३०, २०८१ 0१:0२
स्वर्गको टुक्रा रानिसैन पर्यटकीय क्षेत्र राज्यको नजरमा गएन

उमेश रोकाया,३०जेष्ठ/बाजुरा- स्वर्गको टुक्रा रानिसैन राज्यको नजरमा गएन वडा अध्यक्ष मंगल बुढाले बताएका छन।

बाजुरा जिल्लाको नौ वटा पालिका मध्य पिछडिएको हिमाली गाउँपालिका पर्छ। हिमाली गाउँपालिका वडा नम्बर ३ भौगोलिक विकट वडा पर्ने गर्छ। यसै वडा जोडिएर एक पर्यटकीय स्थल रानिसैन हो। हामीले रानिसैनलाई धेरै वर्ष अगाडि देखि पहिले देखिनै प्रचारप्रसार कमि भएको देखिन्छ।

रानिसैन हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट जानको लागि हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका संगै जोडिएको जिबना गाउँ सम्म सडक संजाल जोडिएको ठाउँ सम्म जिप माध्यमबाट जान सकिन्छ। जीवन गाउँ देखि हुम्लाको छेउछाउ भएर मैतार्ना भन्ने ठाउँमा पुग्न करिब दुई घण्टा पैदलमार्ग गरेर मैतार्ना पुगिन्छ। मैतार्नामा २/४ वटा पसल होटेल व्यवस्था गरेर बसेका छन। त्यसपछि हिमाली गाउँपालिका वडा नम्बर ३ सिमानामा जोडिन्छ। सोही ठाउँ बाट युना गाउँ बाट ३ नम्बर वडा कार्यालय बौडी पुगिन्छ। युना गाउँबाट एउटा सानो खोला तरेर जोखिम पुर्ण यात्रा गर्नुपर्छ। त्यहाँ बाट करिब डेट घण्टा पैदल हिडेर फुलै भन्ने बस्ती भेटिन्छ।

जुन गाउँमा ४/५ घर बास स्थान रहेकोे छ। बास बस्नका लागि होटेल समेत व्यवस्था रहेकोे छ। फुलैया बाट ३ घण्टा पैदल यात्रा गरि गुम्बा गाउँ भेटिन्छ। त्यहाँ बाट पैदल मार्ग भएर छिन्दु खोला लाग्छ। यस्मा बीच साघु नभएको हुँदा वारपार गर्न निकै जटिल समस्या रहेकोे छ। यसलाई समाधान गर्ने बजेट हालेर झुलेङे पुल निर्माण हुँदै छ। यही असार भित्र काम सकिने हिसाबले निर्माणकार्य लागेका छौँ। काठेपुल तरेर गुम्बा बास हुन्छ। गुम्बा गाउँमा २४/२५ घरधुरी बस्दै आइरहेका छन। बौद्ध जाति बस्ने गर्छन। त्यहाबाट यात्रा बिहान सुरु हुन्छ। त्यसपछि पैदल गर्दागर्दै जौली भन्ने खोलामा काठेपुल तरेर जाने गरेको छ। त्यसपछि लाम्पाटा पुगिन्छ। त्यहाँ खाना खाएर पैदल यात्रा सुरु हुन्छ। चियाचौर हुँदै चार घण्टा पैदलमार्ग भएर रानिसैन पुगिन्छ।

पर्यटकीय स्थल रानिसैन सुरुवात लाग्छ। हुम्ला र बाजुरा बासी त्यहाँको रानिसैन जमघट हुँदा अचम्म लाग्छ। त्यहाँ बस्ती त्रिपालमा जनजाति, क्षेत्री सहित बझाङ केही स्थानीयहरु अहिले सिजन बस्ने गरेको पाइन्छ। करिब दुई देखि चार हजार मान्छेहरूको बस्ती भएको र आठ दश हजार चौरी झुमा देखि लिएर २०/२५ हजार भेडा च्याङराहरु पालेर राख्ने गरेको हुन्छ। त्यहीँ सुन्द् रमणीय दृश्य देखिन्छ।

रानिसैनलाई हामीले प्रख्यात रूपमा प्रचारप्रसार नगरेको स्थानीय, प्रदेश र संघीय सरकारको यस प्रति चासो नदेखिएको जस्तो लागेको छ। रानिसैन सडक मार्ग पहुँचमा पुर्‍याउन वडा देखि गाउँपालिका विशेषगरी ध्यानाकर्षण समेत गराएको छ। रानिसैन पर्यटकीय क्षेत्रलाई प्रख्यात रूपमा चिनु पर्ने पर्यटकीय स्थल अझ सम्म बाहिर आउन सकेको छैन। रानिसैन १२ महिनौं हिउँ टल्किने गर्दछ। हिमाल बाट हिउँ बाट बगेर आएको पानी लामो ताल बनेको देख्न सकिन्छ।

यसमा सबैभन्दा हिउँ सङ स्वर्गको टुक्रा जस्तो ताल रमणीय देखिन्छ। रानिसैनलाई प्रख्यात रहनको लागि यहाँ चराचुरुङ्गी, बन्यजन्तु, जडिबुटी, यसागुम्बा, लसुन, जटामसी, कटुको, चिराइतो र अर्तिस जडिबुटी धनी र हरियाली संगै बन्यजन्तु चाप घन्त्व बढी देखिए ठाउँ हुनाले र बाह्रै महिना हिउँ टल्किने र सुन्द् ताल भएकाले यसलाई रानिसैन पुर्खा बाट रानिसैन भन्ने आइरहेको छ। रानिसैनलाई अगाडि बढाउनको निम्ति र यस क्षेत्रलाई पर्यटकीय बनाउनका लागि प्रचारप्रसार कमि भएको हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले बताए।

रानिसैन अहिले सम्म राज्यको नजर नपरेको अवस्था देखिन्छ। रानिसैनलाई ६ महिना हेरौं जस्ता दृश्य देख्न सकिन्छ। रानिसैन चाइना सङ जोडिएको हुँदा सामान ओसारपसारमा सजिलो पदमार्ग रूपमा चिनिन्छ। रानिसैन बाट चाइना पुग्न करिब १ दिनमा पुगिन्छ। बाजुरा बाट भन्दा हुम्ला जिल्ला बाट सडक संजाल रानिसैन पुग्ने संभावना धेरै रहेको छ। राजनीति दल लगायत विभिन्न निकायले रानिसैन पर्यटकीय क्षेत्र बनाउने बजेट प्रति चासो नभएको लाग्छ। रानिसैनको वास्तविक महत्त्वपूर्ण कुरा बाहिर आउन सकेको छैन। त्यहा भएको सत्य तथ्य बाहिर आएर प्रचारप्रसार गर्न सकिएको अहिलेसम्मकै अवस्था छैन। रानिसैनलाई स्थानीय सरकार मात्र नभएर राज्यको कुनै निकायले नहेरेको जस्तो महसुस भएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुरा प्रदेश र संघ सरकारले रानिसैनलाई व्यवस्था गर्न सकेको छैन। यसलाई सुन्द् त्यहाँ पुग्यो् भने १ दिन बस्ने पर्यटक एक हप्ता बस्न सक्ने खालको वातावरण प्राकृति रमणीय बनाउन सबैको सहयोग रहने भएको छ। रानिसैन संग जोडिएको सैपाल हिमाल हुँदै हिसाब् ताल भएर बनेको छ। रानिसैन सामुदायिक बनहरु जोडिएको छ। जुन पर्यटकीय स्थलमा ६ महिना मात्र बस्न र रमाउन सकिन्छ। हिउँद सिजन आन्तरिक तथा बाहिर पर्यटन जान सकिने अवस्था हुँदैन। बौद्ध गुम्बा लामा भन्ने मान्छे पहिला ६ महिना अबतर गरेर गुफा बसेका तपस्या गरेका थिए। धर्म रूपमा छ। स्वर्ग गए जस्तो रमणीय ताल रनिसन पर्यटकीय स्थल भनेर चिनिने गरिन्छ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ३०, २०८१ 0१:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट