October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वडा अध्यक्ष खड्का विरुद्ध जातिय विभेद गरेकाे भन्दै जाहेरी दर्ता

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार २९, २०८० ११:४३
वडा अध्यक्ष खड्का विरुद्ध जातिय विभेद गरेकाे भन्दै जाहेरी दर्ता

बाजुरा–बडिमालिका नगरपालिका वाड न ६ का वडा अध्यक्ष  कृष्ण खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता गरेका छन्। वडा अध्यक्ष कृष्ण खड्का विरुद्ध जातियता विभेद  कसुर सम्बन्धि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहाराले वताएका छन् ।

वडा अध्यक्ष खड्का ले बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल विककाे कार्यकक्षमा गएर  कार्यलय समयमा  जातियविभेदका शब्दहरु बाेलेर गालिगरेर अपशब्द बाेलेकाे भन्दै प्रहरीकहाँ निवेदन दिएकाे हुन् ।

केही साता अगाडी वडा अध्यक्ष खड्काले प्रमुख प्रशासकिय अधिकृत विक बिच  याेजनाका बारेमा  केही भनाभन भएर विवाद भएकाे थियाे ।
अध्यक्षले आफ्नाे वडामा निर्माण सम्पन्न भैसकेका केहीयाेजना काे पैसा लिनुपर्ने भएकाेले साे याेजनाकाे रकम साेही समितीकाे खातामा हालिदिनुपर्ने भनेपछी  अधिकृत बि कले नमाने पछी   बिना सम्झाैताकाे रकम कसरी हाल्ने भनेर असम्भब कुरालाई कसरी सम्भब बनाउने भने पछी दुबै जना बिच केही बिबाद भएकाे थियाे ।
साे  बिवादका क्रममा वडा अध्यक्ष खड्काले कार्यकारीको कार्यकक्षमै कार्यकारी वि क लाई अपशब्द प्रयोग गर्दै गाली गलौज दिदै ज्यान मार्न धम्की  समेत दिएको जाहेरीमा उल्लेख गरीएकाे  छ ।

जातिय विभेद तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ दफा ४ को उपदफा २,३,४,५,६ वा ७ बमोजिम कसूर गर्ने व्यक्तिलाई तिन महिना देखी तिन बर्ष सम्म कैद र पचास हजार रुपैयाँ देखी दुई लाख सम्म जरिवाना व्यबस्था रहेको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार २९, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?