October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जिल्ला अस्पताल बाजुराको टिमद्वारा जगन्नाथ गाउपालिकामा ४३८ बिरामीको उपचार

  • सेती कर्णाली खबर
  • सोमवार, असार ४, २०८० १७:४२
जिल्ला अस्पताल बाजुराको टिमद्वारा जगन्नाथ  गाउपालिकामा ४३८  बिरामीको उपचार

उमेश जङ्ग शाही ३ असार, बाजुरा  / जगन्नाथ गाउपालिकाको कार्यालय जुड्डीमा जिल्ला अस्पताल बाजुराको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको गाउँघर चिकित्सक कार्यक्रम तथा निशुल्क स्वास्थ्य सिविर आज सम्पन्न भएकोछ। स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिलकुमार शाह, एम. डि. जि. पि. डाक्टर नवीन बएर, मेडिकल अधिकृत डाक्टर निर्पेसराज गिरी , डेन्टल अधिकृत डाक्टर राजकुमार रोकाया, एच ए वसन्त शाही , अहेव लिसा सर्मा, अनमि कमला बोहरा लगाएतको समुहले
महिला स्त्रीरोग सम्बन्धि समस्या सेतो पानी बग्ने पेट दुख्ने आङ झरेको ,
दाँत गिजाको समस्या सामान्यहाडजोर्नी सम्बन्धि समस्या भएका बिरामिहरुको उपचार सेवा,
कुपोषित बाल बालिकाको लागि उपचार सेवा ,
दिर्घकालिन रोगिहरुको उपचार सेवा तथा परामर्श सेवा ,
भिडियो एक्सरे सेवा दिएको जगन्नाथ गाउँपालिकाकि स्वास्थ्य संयोजक फुलमाया उपाध्यायले बताइन् ।

विभिन्न रोगिहरुको लागि निशुल्क औषधि बितरण गरिएको जिल्ला अस्पताल बाजुराका रेडियोग्राफर सत्यराज जोसीले सेतीकर्णाली खबरलाई जानकारी दिएका छन ।
पहिलो दिन असार ३ गते १७० जना बिरामीले उपचारसेवा पाए भने असार ४ गते २६८ जना गरि महिला र पुरुष जम्मा ४३८ जना जगन्नाथ गाउँपालिकाका स्थानीयबासि नागरिकहरुले उपचारसेवा पाएको जनाइएको छ। सामान्य बिरामिहुँदा पनि रिण झिकेर सहरका अस्पतालमा उपचार गर्न जाने गरेका थियौँ जिल्ला अस्पताल बाजुराले गाउँपालिकामै उपचार गर्दा रिन लागेन र औषधि पनि नि: शुल्क पाउँदा आफू खुसि भएको र आगामि दिनहरुमा पनि यसरी नै उपचार सेवा दिन जिल्ला अस्पताल बाजुराको टिमलाई धन्यवाद दिदै बिरामी कर्णदेवी शाहीले आग्रह समेत गरेकि छन।
आफ्नै गाउँपालिकामा उपचारसेवा पाउँदा स्थानियहरु खुसि भएका छन । जगन्नाथ गाउँपालिकाले चारगतेको बेलुकि जिल्ला अस्पताल बाजुराको स्वास्थ्य सिविरको टिमलाई धन्यवाद सहित विदाई गरेको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, असार ४, २०८० १७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?