October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिका नगरपालिका १ वडा काङ्ग्रेस २ र ३ वडा एमाले बिजयी

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २, २०७९ 0१:३२
बडिमालिका नगरपालिका १ वडा काङ्ग्रेस  २ र ३ वडा एमाले बिजयी

बाजुराः आइतवार देखि मतगणना सुरु भए पछि बडीमालिका नगरपालिकामा ३ वटा वडाहरुको नतिजा निष्किएको छ । वडा नम्बर १ मा नेपाली कँग्रेसका कृष्ण बहादुर कार्कीले नेकपा एमालेका उम्मेद्वार डबल बहादुर दानीलाई ११४ मतान्तरमा पराजित गरेका थिए भने वडा नं. २ मा नेकपा एमालेका डम्मर महतले नेपाली काँग्रेसका गोपाल बहादुर कार्कीर्ला ४ मतको अन्तरले पराजित गरेका थिए त्यस्तै वडा नं. ३ मा नेकपा एमालेका डबल बहादुर रोकायाले नेपाली कँँग्रेसका दल बहादुर रावललाई २३९ मतले पराजित गरेका छन । वडा नं. २ मा नेकपा एमालेबाट वडा अध्यक्षका विजयी उम्मेद्वार डम्मर बहादुर महतले ३१५ मत ल्याएर विजयी भएका छन भने नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार गोपाल बहादुर कार्कीले ३१५ मत ल्याएर ४ मतको छोनो मतान्तरमा पराजय भएका थिए । वडा नं. २ बाट मेयर पदका लागी नेपाली काँग्रेसबाट ३०१ मत, उपमेयर पदका लागि नेपाली काँग्रेसबाट ३०० मत र नेकपा एमालेबाट ३३५ मत प्राप्त भएको थियो ।
हिजो नै नतिजा प्रकाशन भएको वडीमालिका नगरपालिका वडा नं. ३ को नतिजामा नेकपा एमालेबाट मेयर पदका लागि ४२० मत, उप मेयर पदका लागि ४०० मत र नेपाली काँग्रेसबाट मेयर पदका लागि १४८, उपमेयर पदका लागि १७३ मत प्राप्त भएको थियो ।

तिन वटा वडाको नतिजा प्रकाशन भए पछि मेयर पदका लागि जम्मा नेपाली काँग्रेसका उम्मेद्वार धनराज जोशीलाई ९९३ मत प्राप्त भएको छ भने नेपाली काँग्रेसबाट उपमेयर पदकी उम्मेद्वार राधिका सिंहलाई ९९७ मत प्राप्त भएको छ भने नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार अमर खड्कालाई ११६० मत प्राप्त भएको छ भने नेकपा एमाालेको तर्फबाट उपमेयरकी उम्मेद्वार नन्दा थापालाई ११५८ मत प्राप्त भएको बडीमालिका नगरपालिका निर्वाचन अधिकृत माधब प्रसाद घिमिरेले जानकारी दिनु भएको छ । अहिले वडा नं. ४ को मत गणना भैरहेको छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २, २०७९ 0१:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट