July 22, 2024 | सोमवार, साउन ७, २०८१

जाजरकोटमा जिप दुर्घटना

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर २६, २०७९ १५:0९
जाजरकोटमा  जिप दुर्घटना

 

अर्जुन बिष्ट मंसिर २६ रुकुम पस्चिम – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट ४ को लेवा तर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो ।

जाजरकोट   जिल्लाको  छेडागाड नगरपालिका वडा–५ दिपक अधिकारी ,  नैनसरा अधिकारी , जैकुवरा बुढा ,  रामबहादुर बुढा, वडा नं .६ वीर बहादुर खत्री ,  देवीसरा बुढा ,  अमर अधिकारी , निषा अधिकार र दैलेख जिल्ला   भगवती माई गाउपालिका  वडा २ का मान बहादुर रावत र बिरेन्द  के सी  र अमर खड्काको  मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिएका छन ।

छेडागाड नगरपालिका  वडा–५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर २६, २०७९ १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।