October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिका एक घर आगलागी हुँदा लाखौं क्षति

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३१, २०८१ 0९:११
हिमाली गाउँपालिका एक घर आगलागी हुँदा लाखौं क्षति

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका एक घर आगलागीबाट धनजन सहित जलेर नष्ट भएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा रहेको पुर्वलाल पाण्डेको घरमा आगलागी भएको छ। आज दिउँसो बिजुली बत्तीको तारमा समस्या भएको हुँदा घर आगलागी बाट घरमा रहेकोे सम्पूर्ण जिन्सी, नगद, गहना र खाद्यान्न लगायत सामानको पुर्ण रूपमा क्षति भएको स्थायी प्रहरी चौकी धुलाचौर इन्चार्ज धुर्वराज न्यौपाने जनाएको छ।

घरमा राखिएको ठुलो छड्के तिलहरी, माझी तिलहरी, टिकटक, झुम्का सहित डेट तोला गहना नगद ४ लाख ४० हजार चादी ४ के.जी. मोबाइल २ थान सोलार पाता २ वटा खाट र खटिया गरेर ४ वटा लगायत खाद्यान्न सामाग्री जलेर नष्ट भएको प्रहरी चौकी इन्चार्ज न्यौपानेले जनाएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३१, २०८१ 0९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट