October 25, 2024 | शुक्रबार, कार्तिक ९, २०८१

धुलाचौरमा बिजुली झिलिमिली हुँदा बजार वासी खुशी

  • सेती कर्णाली खबर
  • बुधबार, पुस ११, २०८० 0६:२४
धुलाचौरमा बिजुली झिलिमिली हुँदा बजार वासी खुशी

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा बिजुली झिलिमिली हुँदा बजार बासिन्दा खुशी भएका छ्न।

गाउँपालिकाको केन्द्र धुलाचौर भए पश्चात् बजार लाग्न सुरु गरेको हो। अहिले सम्म बजार विस्तार भएको ६/७ वर्ष पुगेको छ। बजारमा खानेपानी, यातायात, संचार क्षेत्रको पहुँचमा भएपनि बिजुली बत्ति बाट बन्चित अवस्थामा थियौं। बजारमा बिजुली नहुदा सोलार बालेर उज्यालो बस्ने गरेको थियो। भने आजभोलि कुवाडी खोला लघु जलविद्युत आयोजनाको लाइन विस्तार गरिए संगै आजभोलि बिजुली बत्ती बालेर उज्यालोमा बस्न पाँउदा बजार वासी खुशी भएको व्यवसायी तिलक रोकायाले बताएका छ्न।

धुलाचौर बजार विस्तार भएपछि बत्तीको सम्भावना कम रहेको थियोे। हिमाली गाउँपालिका विशेष सहयोगमा कुवाडी खोला जल विद्युत आयोजना १ सय किलो वाट विद्युत उत्पादन क्षमता भएको बत्ती सुचारु गरि अहिले धुलाचौर बजार भरी झिलिमिली भएको छ। पहिला विद्युत नहुदा सोलार बाल्ने काम गरिरहेका थियौ। अहिले बिजुली बत्तीको लाइन तानेर धुलाचौर बजार उज्यालोमा बस्न पाएको बजार व्यवसायी सुजन भण्डारीले बताएका छन।

हिमाली गाउँपालिका धुलाचौर बजार मात्र नभएर वडा नम्बर ५ को रुगिन, नदपाटा र बिच्छ्या र वडा नम्बर ४ को फैती र लेख बोत्ता गाउँ सहित धुलाचौर बजार बिजुली बत्ती निरन्तर चलिरहेको छ। हिमाली उज्यालो बनाउने हिसाबले लागिपरेको छौ। जस्मा हिमाली गाउँपालिका वडा नम्बर ६ को बोल्डीक र धिम लाइन विस्तार गर्न सर्वेक्षण कार्य अगाडी बढाएको छ। यही वर्ष उज्यालो गाउँ बनाउन लागिपरेका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न।

त्यसैगरी वडा नम्बर १,२ र ३ को वडाको बस्तीका स्थानीय नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने उदेश्यका साथ हिमाली गाउँपालिकाको ४ बर्ष अगाडी देखीको पहल निरन्तर समन्वयमा कादुरी संस्थाको आर्थिक प्राबिधिक सहयोग हुने गरि झन्डै ९ करोड बराबरको लगानीमा निर्माण हुने गरि हिमाली २ को नातिखोलामा नातिखोला लघुजलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। उक्त विद्युत १ सय ३० किलोवाट बढी बिधुत उत्पादन हुने भएको छ। साबिक बिच्छ्या पुरै गाउँ आसपास गाउँमा २०८१ फागुन महिना सम्म सम्पन्न हुने लागिपरेको अध्यक्ष मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • बुधबार, पुस ११, २०८० 0६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  