July 20, 2024 | शनिबार, साउन ५, २०८१

प्याजले बजारीकरण नपाउदा छानामा थन्किए

  • सेती कर्णाली खबर
  • आइतवार, असार ९, २०८१ 0५:४५
प्याजले बजारीकरण नपाउदा छानामा थन्किए

उमेश रोकाया,०९असार/बाजुरा- प्याजले बजारीकरण नपाउदा कुखुरा पाल्ने खोरको छानामा थन्किएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा रहेको हिमाली एकीकृत नमुना कृषि फर्म चार वर्ष देखि खेती गर्दै आइरहेको सञ्चालक दान बहादुर मल्लले बताए। कृषकलाई समस्या उत्पादन गाह्रो छैन। उत्पादनमा मेहनत जतिसुकै लागेपनि बजारीकरण ठुलो समस्या रहेकोे छ। आफुले प्याज खेतीमा ३ वर्ष बितिसक्योको छ। पहिलो वर्षको प्याज बजार नपाएपछि कुहिएर फालिएको हो। अहिले पनि खासै त्यस्तो बजार देखिदैन। जति उत्पादन गरेपनीएकैचोटी बिक्री हुने वातावरण अहिलेसम्म छैन। अलिकति गाउँ तिर र बजार भनेको हुम्ला मुगुको ठाउँमा लिने गरेका छौं। त्यहीँका मान्छेहरूले कसैले ५ के.जी. र १ के.जी. उठाएर लिने गर्छन। प्याज ढुवानीमा विशेष खालको समस्या रहेकोे छ।

आफैले स्टक गरी ढुवानी गरेर लिएर एक ठाउँमा राख्न गोदाम बनाउन हो भने प्याजको मूल्य सम्म पनि उठाउन गार्‍हो हुन्छ। यस्ता खालका समस्याले गर्दा प्याज बजारीकरण गर्न विशेषगरी ढुवानीमा समस्या भएको छ। ढुवानीमा गाडी भाडा अतिनै महँगो छ। यहाँ बाट हुम्ला लग्दा ३५ रूपमा के.जी.ले बिक्री गरिन्छ। यताबाट सिमिकोट लगियो भने ३७ के.जी.मा बिक्रि हुने गरिरहेको छ। प्याज बाहिर बिक्री गर्दा गाडी भाडा ढुवानी लोड गर्नुपर्दछ। त्यहाँ बजार लगेर बिक्रीवितरण गर्दा प्याजको मुल्य उठाउन समस्या झेल्नुपरेको हुन्छ। सबैभन्दा ठुलो समस्या भनेको ढुवानी र बजारको समस्या रहेकोे छ। नजिकै बजार सानो भएकाले थोरै बिक्री हुन्छ। प्याज मात्र खेती गर्न लागेको ३ वर्ष भयो। पहिलो वर्ष ३२ क्विन्टल द्रोसो वर्ष उत्पादन राम्रै भयो तर बजारमा बिक्री नहुदा कुहिएर खेर फालिएको हो। उत्पादन गरिएको ५० प्रतिशत दाना उम्रनु साथै कुहिएको हुँदा खेर गएको हो।

प्याज खेती गरेको देखि राम्रो आम्दानी भएको छैन तर मेहनत गरिरहेको छु। यो सालमा १८ देखि २० क्विन्टल प्याज स्टक रहेकोे छ। निकालेको प्याज बजारमा बिक्री नहुदा ५ क्विन्टल जति बारीमा रहेकोे छ। प्याज बजारीकरण नपाउनुको कारण प्रशस्त गोदाम हुदैन स्टज गर्ने ठाउँ नभएर ठुलो समस्या भएको हो। प्याज बारी निकालेर तुरुन्त बिक्री भइ दिए भन्ने कृषक भावना हुन्छ। आजभोलि सिजनमा सबैले लगाउने गरेका हुन्छन। बजार बस्ने तथा होटल गर्ने धेरै जसो मान्छेहरूको आफ्नै ठाउँमा प्याज लगाएको हुन्छ। असार महिना सम्म सबै कहाँ प्याज हुने गर्छ। साउनबाट प्याजको समस्या आउन्छ। हामी संग स्टक हुदैन। अहिले सिजनमा ग्राहकलाई ४०/५० रुपैया सम्म प्याज किन्ने खाने गरेका छन। एकैचोटि भदौ महिना लागेपछि १ सय रुपैयाँमा किन्नुपर्ने हुन्छ। त्यो समस्या प्याज स्टक हामी कृषक संग नहुनु हो। प्याज राख्ने स्टक गर्ने चिस्यान घर तथा गोदाम भइ दियो भय हामीलाई यो समस्या हुदैन थियो।

यहीँ धुलाचौर बजारमै प्याज बिक्रीवितरण सबै हुने सम्भावना धेरै रहेकोे थियोे। आफ्नो फर्मा सबैभन्दा बढी खेती प्याज लगाउने गरेको छ। अति गर्मी र हिउँद चिसोका कारणले टमाटर, आलु, बन्दा र काउली उत्पादन गरेर फलाउन सकिन्छ तर लगाउन केही समस्या छैन मेहनत सक्दो प्रयास गरिएको छ। तरकारी बारेमा लगाएर उत्पादन गरिसकेपछि बिक्री वितरणमा समस्या आउन्छ। त्यसका कारणले ढुवानी कुरै छैन प्याज प्याकिङ गर्ने बोरा समेत समस्या रहेकोे छ। सहयोग गर्न हातहरु धेरै छन। राज्य निति अथवा कानुन भनौं कृषकलाई ५० प्रतिशत सहयोग भन्ने गरेको छ। तर कृषकको लगानी गर्ने क्षमता देखिदैन। सुरुमा आफैले लगानी गरेर समान जुटाएर कृषि फर्ममा खेती गर्ने लागे तर अहिले सफल जस्तो लागेन ५० प्रतिशत आफ्नो पनि लगानी उठाउन गाह्रो भएको छ। गाउँ बस्ती मान्छे कमै भएकाले बजारीकरण समस्या आएको छ। तरकारी उत्पादन धेरै बिक्री कमि हुँदा यहाँको बजारको अवस्था हेर्न हो भने परिवार पाल्ने मात्र ठिक्क हुने बुझेको कृषक मल्लले जनाए।

आफ्नो कृषि फर्म धेरै उपलब्धि हुने सम्भावना कम देखिन्छ। यहीँ गर्मी अति हुने भएकाले चिसो पार्ने स्रोतसाधन उपलब्ध हुदैन। गर्मीमा हामीले टमाटर फलाउन र एकैपटक तरकारी उत्पादन बिक्री हुन सक्दैन। असिजनमा तरकारी फलाउन सक्दैनौं। किन भने राम्रो खालको टर्मिनल उपलब्ध भइ दिए बन्दा, काउली र टमाटर फलाउन सकिन्थ्यो। आजभोलि प्याज धुलाचौर बजारमा दिनमा ५ के.जी. बिक्री भैरहेको छ। तर बिक्रि नभएको जस्तो महसुस भैरहेको छ। बजारमा तराई बाट तरकारी नल्याएको भए बिक्रीवितरण राम्रो हुने अवस्था थियो। सिजन सबै तरकारी फलाउने गर्छन। सबै एकै किसिमको बिक्री गर्छन् त्यसका कारणले किसानलाई बिक्रीवितरण समस्या भएको हो। गाउँपालिका कृषि क्रान्ति भएको जस्तो लागदैन फलफूल क्षेत्रमा बढी जोड दिएर फलफूल क्षेत्रमा लागेर उपलब्धि भैरहेको छ। त्यसरी स्थानीय रैथाने बाली र तरकारी खेती ध्यानाकर्षण भयो भने उत्पादन क्षेत्रमा राम्रो हुने भएको छ। पालिका बाट आर्थिक सहयोग नगरे पनि प्राविधिक सहयोग गरिदियो भन्ने लाग्छ। अहिले प्याजलाई बारीबाट निकालेर बजारीकरण नपाउदा कुखुराको खोरमा राखेको छ।

प्याज टिन छानामा राख्न मिल्दैन त्यसका कारणले कुखुराको खोरको छानामा प्याकिङ गर्ने बोरा समेत उपलब्ध नभएर खाली राखेको छ। भएको प्याज बिक्री पनि हल्का रूपमा भएको छ। हुम्ला जिल्लाको जाताकोट र सर्केगाड गाउँपालिका बजारमा बिक्रि भएको छ। अहिलेसम्म ९-१० क्विन्टल बिक्री भएको छ। प्याज बोटमा दाना लागे देखि बिक्री गर्न सुरु गरिएको हो। राज्य निकायले कृषि संग सरोकार राख्ने कृषक समस्या बुझिदियो भने राम्रो हुन्थ्यो। प्याज बजारीकरण समस्या हुँदा पहिलो वर्ष कुहिए फालिएको हो। यहीँ वर्ष पनि बजारीकरण राम्रो नपाएपछि कुहिए खेर फालिने होकि भनेर चिन्ताजनक रहेकोे कृषक दान बहादुर मल्लले बताएका छन।

हामी संग बजारीकरणमा केही छैन। पैसा यसमा थोरै थियोे स्वामिकार्तिक खापर गाउँपालिकाको प्याज ढुवानी गरौं हामी संग अहिले त्यसो केही छैन भनेर कृषि ज्ञान् केन्द्र बाजुरा कार्यालय प्रमुख भिमराज उपाध्यायले जनाएका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, असार ९, २०८१ 0५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।