October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

उद्यमि तथा समाजसेवी शाही वडा अध्यक्षमा भिड्दै

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख १६, २०७९ 0२:३१
उद्यमि तथा समाजसेवी  शाही वडा अध्यक्षमा भिड्दै

 कैलाली-  बैसाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागी  कैलाली जिल्ला को गौरिगंगा नगरपालीका वडा नं. १ को वडा  अध्यक्षमा  उद्यमि तथा   समाजसेवी अमृत शाहीले उम्मेदवारी दिएका छन् । शाहीले राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

गौरिगंगा नजिकै रहेको सबैको आस्थाको केन्द्र मोहन्याल मन्दिरको प्रांगणमा उभिएर वडाबाट पाइने सेवा सुबिधा आधारभुत बिध्यालय लाई प्रदान गर्ने बाचा गर्दै वडा अध्यक्षमा उम्मेदवारी दियको छु । त्यो केबल प्रभाबकारी सेवा गर्न पाउँ भनेर मात्र हो । तपाईंहरुले अवसर दिनु भयो भने त्यो अवसर तपाईं हाम्रो गाउँ ठाउँको विकासकालागि उपयोग गर्ने बाचा गर्दछु, शाहीले भने । राप्रपाले आफ्ना प्रतिनिधिहरुलाई भ्रष्टाचार नगर्ने भनि मठमन्दिरहरुमा कसम खुवाउने अभियान समेत चलाएको छ ।

वडा अध्यक्षमा राप्रपाबाट निर्वाचनमा होमिएका अमृत शाहीकै भनाईमा जीवन संघर्ष हो । संघर्ष कुन बेला कसरी गर्ने त्यो समयले देखाउदो रहेछ । धनगढी उपमहानगरपालिका-५ को स्थायी बासिन्दा भैरहदा टोलको विकासकालागि सधैं विभिन्न क्लव र संस्थाको अध्यक्ष भएर लागिरहे । पारिवारिक देखि मेरो घरायसी समस्याले बिदेशिन बाध्य भएर मध्यपुर्बी राष्ट्रको घाम खान कतार पुगे, तर सामाजिक मन मेरो उतै उफ्रीन सुरु गर्यो र मैले बिदेशमा रहेका नेपाली र सुदुरपाचिमेलिलाई सहयोग गर्ने अभियान चलाएर सुदुरपस्चिमेली नेपाली समाजको स्थापना गरी सामाजिक अभियानमा बिदेशमा रहेका दाजुभाइ दिदिबहिनी लाई हरेक सहयोग गरेका हुन ।

विश्व भरिरहेका सुदुरपस्चिमेलीलाई समेटेर विश्व भरका सुदुरपस्चिमेलिहरुको साझा संस्था सुदुरपस्चिमेली नेपाली समाजको माहासचिब भएर काम गरे । तेस्तै दौरानमा सुपका ४ वटा जिल्लामा ‘महिलाको पाठेघरको समस्यालाई’ लिएर शिबिर चलाइयो र सफलता पुर्बक काम पनि सम्पन्न गरियो, त्यसले मलाई धेरै हदसम्म आत्मा सन्तुष्टि पनि मिल्यो । यद्धपी त्यो कार्य पनि हामी निरन्तर दिनेमा छौं, कोभिड-१९ ले रोकेको हो, पुनः तयारिमा छौं ।

नेपाल फर्कियर हाल गौरिगंगा नगरपालिका-१ मा कृषि काम गर्न पर्यो भनेर रोयल कृषि फर्मको स्थापना गरि प्रत्येक्ष रुपमा १२ जना र अप्रत्यक्ष रुपमा २२ जनालाई रोजगारी दिदैं समाज र गाउँकोलागि सक्ने सामाजिक कार्य गर्दै आयको बताए। बेरोजगारलाई रोजगारी दिनु पर्छ भनी च्याउ खेती, बाख्रा पालन र बंगुर पालन जस्ता क्षेत्रको तालिम पनि दिलाउदै र सहुलियतपूर्ण कर्जा पनि दिलाउदै थपको लागि लागिपरेको छु ।

साथै गाउँका सानातिना विकासकालागि सम्बन्धित कार्यालयमा कुरा उठायकै छु, यो सबैमा जगजाहेर नै छ । म सेवाको भावनामा बिश्वास गर्छु, उनले यसरी बेलिबिस्तारका साथ अझैं आफ्नो गाउँघर हुँदै राष्ट्रको सेवा गर्ने आफ्नो अठोट रहेको बताए । स्मरण रहोस गौरीगंगा नगरपालिका-१ का राप्रपाका वडा अध्यक्षका उम्मेदवार अमृत शाही यस वर्षको कृषि उद्यम गर्नेमा देशभरबाट छनौट भइ ‘राष्ट्रिय उद्यमी पुरस्कार’ पाउन सफल भएका हुन् ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख १६, २०७९ 0२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट