September 7, 2026 | सोमवार, भदौ २२, २०८३

दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयलाई कष्ट

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक १२, २०८० १६:२४

उमेश रोकाया/बाजुरा- दुई महिना देखि ग्रामीण सडक अवरुद्ध स्थानीयलाई सास्ती खेप्न पर्ने बाध्यता रहेकोे छ।

गएको साउन महिनाको २५ गते आएको अविरल बर्षाले गर्दा हिमाली गाउँपालिका वडा नम्बर ६ पर्ने ग्रामीण सडक अन्तर्गत पर्ने नाउली खोला देखि बुन्ना सम्म बीच बीचमा सडक भत्किएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय चीन बहादुर रावलले बताउनुभयो। अहिलेसम्म सडक मर्मत नहुदा पाँडी गाउँ बस्तीमा रहेका स्थानीय बासीलाई ठुलो समस्या भोग्नुपरेको अवस्था रहेको छ।

सडक ठाउँ ठाउँमा पहिरो तथा जमिन भासिएका कारणले अहिलेसम्म सडक बन्द रहेको छ। यदि सडक संचालन भयो भने गाउँका अधिकास मान्छेलाई आउन जान मात्र नभएर सामना ओसारपसार सहजीकरण हुने समेत स्थानीयले बताएका छन। सडक मर्मत छिटोछरितो काम गरिदियो भने विभिन्न काम सहज गर्न सकिन्छ। गाउँ बाट ३० मिनेट हिड्ने हो भने गाडी चड्न सकिन्थ्यो। पुरानो काटेको सडक र नयाँ खन्नेको सडक भत्किएको संगै भासिएका कारणले अहिले सडक सञ्चालन ठप्प अवस्था रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ का स्थानीय रत्न थापाले बताएका छन।

सडक बन्द हुँदा सामना पिठ्युँमा बोकेर ओसारपसार गर्नुपर्ने बाध्यता रहेकोे छ। गाउँ बाट बाहिर जानको लागि घर भन्दा केहि मिनेट हिडेर माथी बाट गाडी चड्ने पाउदा स्थानीयलाई सहज भएको थियो। गाउँ पुग्न लागेको सडक बिग्रेको कारणले आजभोलि हिडेर आवतजावत गर्न गरेका छ्न। साउन महिना देखि अविरल वर्षाले गर्दा सडक भत्किएका कारण समस्या भएको स्थानीयले बताएका छन।

पहिलो सडक संजाल गाउँ नजिकै जोडिएको संगै गाडी मोटर चल्ने गरेका थिए। अहिले ठाउँ ठाउँमा सडक भासिएका कारणले गाडी मोटर चल्न बन्द रहेका छन। विगत लामो समयदेखि सडक विभिन्न ठाउँमा रुख ढलेका छन। भने काहिँ माथी बाट पहिरो आएको छ। काहिँ सडक जमिन भाग भासिएका छन। अहिलेसम्म कुनै पनि समाधान उपाय नभएको स्थानीय विर्ख रोकायाले बताएका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक १२, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।