October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वर्षाले बालीनालीमा किसानलाई फाइदा

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ११, २०८० 0५:0६
वर्षाले बालीनालीमा किसानलाई फाइदा

उमेश रोकाया,बाजुरा- वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारी लगायत किसानलाई फाइदा भएको कृषक बताए।

माघ र फागुन महिनामा आएको वर्षाले गर्दा बाजुराका अधिकास कृषकहरूलाई खेतीपाती राहत भएको महसुस गरेका छ्न। खेतमा लगाएको विशेषगरी हिउँदको सिजनमा लगाइने गरेको गहुँ बालीमा पहिलेको भन्दा आजभोलि राम्रो हुदै गएको छ। जुन बाली खेतमा छरिएको हो त्यही बाली पानीको अभावको सुक्न लागेका थिए। आजभोलि निरन्तर वर्षाको कारणले कृषकलाई राहत स्वरुप भएको छ।

माघ महिनादेखि पानी नपर्दा कृषकलाई निकै ठुलो समस्यामा परेका किसान भने बर्षासँगै हिमपात भएपछि हिमाली भेगका किसान खुशी भएका छन्। सिचाईकाे सुविधा नहुँदा गहुँ बाली लगाएपनि पानी अभावको हिसाबले यहाँका किसान निराश हुन लागेका हुन। केही महिना अगाडि बाट बर्षाले गर्दा बालीमा सहयोग पुगेकाले किसानहरु खुसी भएका हुन् ।

गाउँमा केही ठाउँमा सिचाइ प्रशस्त रूपमा सदुपयोग गरेका छन। सिचाइ नभएको कृषक आकाशे वर्षाको भरमा खेती लगाउने गरेको छन। आकाश बाट पानी नपर्ने हो भने कृषकलाई लगाएको बालीनाली क्षेत्रमा नष्ट हुने गरेको पाइन्छ। हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् ।

वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारीलगायत किसानलाई धेरै फाइदाजनक भएको कृषक बताए। वर्षा र हिमपातमा कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगुका केही स्थानीय तहहरुलाई बालिनालीमा किसान ठुलो सहयोग मदत पुगेको छ। कैयौंपटक आकाशे भरका खेतीपाती जमिनमा लगाएको बाली सुकेर नष्ट हुने हुँदा किसान खाना लाउनमा समस्या उत्पादन हुने गरेको पाइन्छ।

कतिपय आम्दानी स्रोत भनेपनी छाक टार्नेका लागि प्रमुख व्यवसाय रूपमा खेतीपाती निर्भर रहदा निकै किसान पीडामा छन। लगाएको बाली वर्ष भरी काम जति गरेपनि ६/७ महिना खाना लाउन मुस्किल हुन्छ। त्यसमा पनि जमिनमा छरिएको अन्नबालीमा पानीको अभावको कारण समस्या हुने गरेको छ। अधिकास स्थानीय मान्छेहरू आकाशको वर्षाको भरमा निर्भर रहेका कृषक पानी नपर्दा निकै ठुलो संकट पर्ने गरेका छन। आजभोलि वर्षाले गर्दा बाजुरा उच्च हिमाली भेगका स्थानीय कृषकहरु खेतीपाती वर्षा संगै हिमपत हुँदा खुसीजनक भएको बताएका छ्न।

धेरै महिना पछि वर्षा हुँदा किसानहरु लाई अन्न बाली उत्पादन काम फलदायी हुने भएको छ। अहिले लगाएको अन्नवाली,फलफूल र तरकारी लगायत क्षेत्रमा हरियाली भएको देखिन्छ। अहिलेसम्मकै बाली रूपमा पनि परिवर्तन आएको छ। अधिकास कृषकलाई वर्षाकै कारणले खेतीपाती उच्चित खालको सकारात्मक भावना पलाएको छ। यसले कृषकलाई उर्जा शक्ति समेत प्रदान गर्ने भएको गाउँका कृषक खुसी भएको बताएका छन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ११, २०८० 0५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट