October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बन्द ग्रामीण सडक पुनः सञ्चालन

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर १, २०८० १0:२२
बन्द ग्रामीण सडक पुनः सञ्चालन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ६ को नाउली देखि बुन्ना सम्मको सडक अवरुद्ध भइ बन्द भएको ग्रामीण सडक पुनः सञ्चालन आएको छ।

भाद्र महिनाको २६ गते आएको अविरल वर्षाले गर्दा सडक बन्द भएको हो। सडक बन्द हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको थियोे। गाउँपालिकाले तत्काल सञ्चालन गर्नका लागि डोक्क्सजर प्रयोग गराएर सडक मर्मत कार्य तिव्र दिएर पुनः सञ्चालन ल्याएको गाउँपालिकाले बताएको छ।

गाउँपालिका भित्र ग्रामीण सडक बन्द अवस्था लाई सञ्चालन ल्याउन पालिका लागिपरेका छौ। सानातिना समस्याहरुलाई समाधान गर्न आफ्नो डोजर खरिद गरिएको छ। कुनै पनि सडक अवरुद्ध भएका समस्या हुन नदिन पुरै सिङ्गो गाउँपालिका लागिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो।

सडक लामो समय देखि खुलाएको हुँदा स्थानीयलाई आवतजावत गर्न सजिलो भएको छ। आजभोलि बन्द भएको रोड पुनः सञ्चालन आउँदा गाउँका सबै खुशी व्यक्त गरेका छन। पहिलो जस्तो भारी बोकेर ल्याउने समस्या मुक्त भएको स्थानीयले बताएका छन। पहिला सडक अवरुद्ध हुँदा हिडेर आउने जाने गरेको थियौं। अहिले हिड्न मात्र सजिलो नभएर सामाग्री ओसारपसार गर्न समेत हटेको छ।

बजार बाट गाउँमा जानको लागी सडक खुलेपछि गाडी चढेर आवतजावत गरिन्छ। जसले गर्दा स्थानीय बासिन्दालाई धेरै सहज अवस्था पर्ने गरेको छ। गाउँ बाट बाहिर जानको लागि घण्टौ हिडेर आवतजावत गर्ने गरिन्थ्यो। पिठ्युँमा भारी बोकेर हिड्ने कम भएको छ। अवरुद्ध भएको सडक खुल्ला भएपछि स्थानीयलाई जान आउन निकै सजिलो भएको स्थानीय हिउसरा भण्डारीले बताएका छन।

गाउँमा रहेका बुढा बुढी लाई बृद्ध भत्ता बुझ्न् निकै सहज भएको छ। बृद्ध अवस्था हिडेर घण्टा पैदल यात्रा गरेर धुलाचौर बैंक पुगेर ल्याउने गरिन्थ्यो। पहिरोले गर्दा सडक बन्द अवस्था समस्या रहेकोे थियो। सडक डोजरले खनेर मर्मत गरेको हुँदा भत्ता बुझ्न् गाडीमा आउन जानको लागी सहज वातावरण भएको स्थानीय ७० वर्ष वृद्ध जोगा रोकायाले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर १, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट