October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जिल्ला समन्वय समितिमा एमाले उम्मेदवार भए निर्विरोध निर्वाचित

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ८, २०७९ 0६:३९
जिल्ला समन्वय समितिमा एमाले उम्मेदवार भए  निर्विरोध निर्वाचित

 साउन ८ बाजुरा/ जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन् ।

यहाँ ९ वटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ जना मतदाता हुन । एमालेसंग १२ मत रहेकाले कसैसँग तालमेल नगरी निरबिरोध निर्बाचित भएका हुन् जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको थियो । नेकपा एमालेमा १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हो ।

नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतरा निर्बिरोध निर्वाचित भएका छन ।त्यसै गरि महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विक निर्बिरोध निर्बाचित भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका ९ वटा स्थानिय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका, गौमुल, जगन्नाथ गाउँपालिकामा गरि ४ वटा स्थानिय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिबेणी नगरपालका, स्वामीकार्तिक खापर गाउपालिका गरि २ वटा पालिकामा प्रमुख उपप्रमुख नेपाली काँग्रेशले जितेको छ ।
जम्मा १८ जना मध्ये १२ जना एमालेको पक्षमा र ६ जना नेपाली काँगेस पक्षका रहेकाकाले नेपाली काँग्रेसले उम्मेदवारी नै नगराएका कारण एमालेका उम्मेदवार निर्बिरोध निर्वाचित भएका हुन ।

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ८, २०७९ 0६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट