October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रवासी नेपाली मञ्चकतारले गर्यो नवनियुक्त राजदुत ढकाललाई स्वागत

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन २७, २०७९ 0४:0६
प्रवासी नेपाली मञ्चकतारले  गर्यो नवनियुक्त राजदुत ढकाललाई स्वागत

उदय मल्ल, कतार -प्रवासी नेपाली मञ्च कतारले हिजो नवनियुक्त कतारको राजदुत ढकाललाई स्वागत गरेको छ।

मिति ११/०८/२०२२ प्रवासी नेपाली मञ्च कतार को तर्फबाट मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको नेतृत्व साथै मञ्चका निवर्तमान अध्यक्ष, मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य साथै मध्यपूर्व इन्चार्ज क. चानक पोखरेलको बिशेष उपस्थितिमा एक प्रतिनिधि मण्डलले नेपाली दूतावास कतारमा उपस्थित भई कतारका लागि नव नियुक्त महामहिम राजदुत डा.नरेश बिक्रम ढकाल ज्युलाई हार्दिक स्वागत गर्दै श्रमिक सम्बन्धी समसामयिक सुझाव र परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मञ्चका पदाधिकारीहरु, सदस्यहरु साथै सल्लाहकार परिषदका सचिव एवम् सदस्य ज्युहरुको बाक्लो उपस्थिति थियो।

स्वागत तथा परिचय साथसाथै सङ्गठनले गर्दै आएका गतिबिधि लगाएत नेपाली श्रमिक दाजुभाई दिदिबहिनिहरुका बिभिन्न समस्या लगाएत बिध्यमान समस्याका बारेमा जानकारी दिनुका साथै न्युनिकरणका लागि दुताबासले गर्न सक्ने पहलका बारेमा अनुरोध गरेको छ। महामहिम ज्युले सङ्गठनको प्रगतिको कामना गर्दै प्रवासी नेपाली मञ्च, कतार लाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।

मञ्चका सचिव क. बिनेश तामाङले सहजीकरण गर्नुभएको उक्त भेटघाट कार्यक्रम मा संक्षिप्त रुपमा घरेलु कामदारका विषयमा, नेपालीहरू द्वारा कतारका बिभिन्न भागमा हुने गरेका क्रियाकलापका विषयमा कुटनैतिक पहलकदमी लिने र कामदार दाजुभाई तथा दिदिबहिनिहरुले यहाँ भोग्नु परेका समस्या साथै समस्या न्युनिकरण सम्बन्ध लगायत समसामयिक थुप्रै बिषयको चर्चा गर्दै आगामी दिनहरुमा आउने हरेक समस्या र चुनौतीहरु नेपाली नियोग र प्रवासी नेपाली मञ्च, कतार एक आपसमा मिलेर न्युनिकरण गर्ने साथै समाधान खोज्ने प्रतिबद्दता ब्यक्त गर्दै महामहिम राजदुत डा. नरेन्द्र बिक्रम ढकाललाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको कतार बाट प्रवासी नेपाली मञ्च कतार ,को उपसचिव तथा प्रचार बिभाग प्रमुख छम बहादुर चन्द ( शुलभ) ले सेतिकर्णाली खबरलाई जानकारी गराएका हुन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन २७, २०७९ 0४:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट