October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम हिमालीमा सम्पन्न

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ७, २०८१ १४:0७
बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम हिमालीमा सम्पन्न

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकाका बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ५ मा रहेकोे बागेश्वरी माध्यमिक बिधालयमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ कार्यक्रम गरिएको छ। रुगिन गाउँमा विद्यार्थी सहित सहभागिता गराएर विभिन्न र्‍याली गरेर पोषण सप्ताह मनाएका छन।

पोषण सप्ताह कार्यक्रम बिधालय विद्यार्थीहरुको तौल, उचाई, आँखा, कान र दातको स्वस्थ्य चेकजाँच सहित जुकाको औषधी खुवाएको छन। प्रत्येक विद्यालयमा अध्ययनरत बालवालिकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच समेत गरेको छ। विद्यालयमा विद्यार्थीहरुलाई जुकाको औषधी खुवाउने विद्यालयमा विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ। स्वास्थ्य तथा पोषण सम्बन्धी अतिरिक्त क्रियाकलापहरु गरिएको आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका सुपरभाइजर भिमप्रसाद पाण्डेले जनाएको छ।

हाजिरी जबाफ कार्यक्रम ६ वटा बिधालय सहभागिता भएका थिए। उक्त प्रतिस्पर्धा गर्दा प्रथम मंगलमय आधारभूत बिधालय दितिय कुलमष्टाजन आधारभूत बिधालय तृतीय स्थान हासिल रुम्दी र सरस्वती आधारभुट बिधालय आएको हो। सान्त्वनामा ३ वटा बिधालय विद्यार्थीहरुलाई पुरस्कार सहित हिमाली गाउँपालिका वडा ५ का वडा अध्यक्ष प्रदीप थापा हस्तान्तरण गरिएको छ। बिधालय पोषण र दिवा खाजाको बारेमा विषयलाई मध्यनजर गरेर विद्यार्थी निरन्तर दिनुपर्ने भएको छ। स्वास्थ्य परिक्षणका लागि हामी सधै लागिपरेको स्वस्थ्यकर्मी कलपना खनाल रानाले बताए।

बिधालय आज पोषण सप्ताह कार्यक्रम अत्यन्तै राम्रो भएको छ। जसले गर्दा स्कुलमा विभिन्न क्रियाकलाप गर्दा विद्यार्थी सुधार हुने अवसर प्रदान हुने भएको छ। यसको लागी पालिकाबाट गर्न सक्ने सक्दो प्रयास लागेको छु। बिधालय जुन कार्यक्रम प्रतिस्पर्धालाई बधाई दिदै सबैलाई शुभकामना समेत व्यक्त गरेको वडा अध्यक्ष प्रदिप थापाले जानकारी दिएका छन।

कार्यक्रम शिक्षक अभिभावक संघ अध्यक्ष धन बहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रम प्रमुख अतिथि हिमाली गाउँपालिका ५ का वडा अध्यक्ष प्रदीप थापा बिशिस्ट पुर्व वडा अध्यक्ष अमलाल कार्की अतिथि रुगिन स्वास्थ्य चौकी अनमी कलपना खनाल राना, आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका सुपरभाइजर भिमप्रसाद पाण्डे लगायत बिधालय, शिक्षक, अभिभावक लगायत विद्यार्थीको बाक्लो सहभागीतामा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ७, २०८१ १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?