October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दुर्गम गाउँमा सूचना आधार रेडियोलाई विश्वसनीय

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १५, २०८० 0५:४२
दुर्गम गाउँमा सूचना आधार रेडियोलाई विश्वसनीय

उमेश रोकाया,१५फागुन/बाजुरा- दुर्गम गाउँ बस्तीका सूचना आधारमा रेडियो विश्वसनीय हुँदा प्राथमिकत जोड दिइएका छ्न।

बाजुरा जिल्लाका अधिकास दुर्गम गाउँ बस्तिका मान्छेहरू सूचना तथा कुनै कुराको जानकारी लागि रेडियोलाई पहिलो रूपमा लिने गरेका छन। गाउँमा कतिपय ठाउँमा ईन्टरनेट कुरा छैन टेलिफोन टावर समेत स्थापना हुन सकेको छैन्न। किन भने भौगोलिक हिसाबले गर्दा ठाउँ र परिवेश उस्तै खालको अवस्था रहेकोे पाइन्छन्। जसले गर्दा गाउँका धेरै मान्छेहरू रेडियोको आधारमा सूचना आदानप्रदान गर्ने मुख्य रूपमा सुन्ने गरेका छन।

गाउँ घरमा ईन्टरनेट पहुँचमा कमै हुँदा त्यसका कारणले पनि गाउँका बुढाबुढी र अधिकास स्थानीयले रेडियोको भरमा सूचना र समाचार सुन्ने केही नयाँ कुरा जानकारी लिनेे गर्छन्। जसले गर्दा खेरि गाउँ ठाउँमा बढी रेडियोलाई पहिलो प्राथमिकता आधारमा मान्ने गरेको देखिन्छ। अहिले देश भरका थुप्रै ठाउँमा फाइबर नेट जडान समेत भएपनि बाजुरा लगायत हुम्ला, कालिकोट , मुगु जिल्ला जस्ता दुर्गम ठाउँका स्थानीय मान्छेहरु अहिलेसम्म रेडियो बाट दिएको सूचना विश्वसनीय मान्ने गरेका गाउँका स्थानीयले बताएका छन।

विकट गाउँमा बजार ईलाका सहित ठुलो सहरमा पत्रीका, टेलिभिजन तथा देशभर बढी चलेका अन्लाईन समाचार हेर्ने सुन्न संगै दृश्य समेत देख्ने खालका स्वदेश तथा विदेशमा घटेका घटना सजिलोसँग जानकारी प्राप्त गर्ने गर्छन्। गाउँका धेरै ठाउँमा ईन्टरनेट पहुँचमा नहुदा विकट बस्तीमा रहेका मान्छे पत्रीका, टेलिभिजन तथा देशभर चलेका अन्लाईन समाचार भन्दा पनि रेडियोबाट आएका कार्यक्रम, सूचना सहित समाचार जानकारी सहजै सुनेर थाहा पाउने गरेका छ्न।

अहिले अवस्था हेर्ने हो भने बजार क्षेत्र भन्दा गाउँ घरका ठाउँमा बढी रेडियो सुनिरहेका देखिन्छ। कतिपय गाउँ ठाउँका बस्तीमा टेलिफोनको सुविधा भएपनि ईन्टरनेट पहुँचमा हुँदैन। कुनै ठाउँमा ईन्टरनेट कुरै छैन टेलिफोन समेत काम गर्न नसक्ने खालको अबस्थामा हुँदा रेडियोबाट जानकारी बढी लिने हुँदा रेडियो धेरैले सुन्ने गरेका हुन्छन्। रेडियोका सेट पनि बजार क्षेत्र भन्दा गाउँका बुढापाखा मान्छेहरू बढी किन्ने र लिने गरेका गाउँ घरका बुढापाखाले बताउने गरेका छन।

किन भने रेडियोमा एउटा जोडिएको जुन लामो डन्डाले माथी निकाल्ने गरेर सुन्दा स्पष्टता र हरेक रेडियोको विभिन्न स्टेशन लगाउन सजिलो हुनेहुदा प्राय रेडियो सेटबा धेरै स्रोताहरुले सुनेको देखिन्छ। अहिलेसम्म पनि धेरै गाउँ टोलमा टेलिफोन समेत बन्चित हुँदा त्यहाँ सूचनाको पहिलो आधारको रूपमा रेडियोलाई लिइएको छ्न। रेडियो स्थापना काल देखि अहिलेसम्म रेडियो बजार भन्दा गाउँ घरमा सुन्ने धेरै भेटिने गरेको छ्न।

दुर्गम क्षेत्रमा रहेका गाउँका स्थानीय मान्छेहरूले रेडियो सेटबाट भन्दा पनि सादा मोबाइल बढी रेडियो लगाउने गरेका छन। केही मान्छेहरू स्किन टज मोबाइल बाट पनि रेडियो कार्यक्रम, समाचार तथा सूचना जानकारी सहज तरिकाले लिने गरेका छ्न। देश विदेशमा घटेका घटना राम्रो नराम्रा कुराकानी थाहा पाउन रेडियो बाट जानकारी हुने भएकाको कारणले गाउँका अधिकास दुर्गम गाउँ बस्तीमा अहिलेसम्मकै बढी रेडियो सुन्ने गरेको छ्न।

विश्वमा नेट तथा ईन्टरनेट पहुँचमा जोडिएको भएपनि बाजुरा लगायत हुम्ला, मुगु र कालिकोट जस्ता विकट बस्तीमा टेलिफोन पहुँचमा पनि पुग्न सकेका छैन। त्यसैले गर्दा अहिले ईन्टरनेट पहुँचमा हुने मान्छेहरू पत्रीका, टेलिभिजन र देशभर बढी चलेका अन्लाईन समाचार हेर्ने सुन्ने गरेको भएपनि गाउँ घरका धेरै मान्छेहरू रेडियो बाट विभिन्न सन्देश मुलक तथा सूचना तथा समाचार जानकारी पाउने मुख्य आधारमा भएको हुँदा रेडियो लाई विश्वसनीयता पहिलो प्राथमिकताको आधारमा अहिलेसम्मकै गाउँ घरमा रेडियोको चर्चामा रहेकोे छ।

दुर्गमका नागरिकलाई रेडियोको पहुँचमा ल्याउन र सबैलाई सुन्न र सुनाउन अनवत रुपमा लागि परेका समाजबादी प्रेस संगठन सुदुर पश्चिम प्रदेश सचीव तथा बुढिनन्दा नगरपालिका वडा १ स्थित सामुदायिक रेडियो अपि एफएमका समाचार प्रमुख सन्तोष प्रसाद जोशी बिगत एक बर्ष देखि रेडियो स्थापना कालदेखी नै गाउँ घरमा रेडियो प्रतिको अघात माया सगै प्रचार प्रसारमा लागिरहेका छ्न ।अझै पनि कुना कन्दराका आवाज रेडियो सेट सम्म पुर्‍याउन आफू दिन रात लागिपरेको जोशीले बताएका छन ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १५, २०८० 0५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट