October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा शाही निर्वाचित

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर ११, २०७९ १४:0८
निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा शाही निर्वाचित

 मंसिर ११ बाजुरा — निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा वीरेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । संघको मार्तडीमा सम्पन्न छैटौ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत निर्वाचित भएका हुन् । शाही यस अघि पनि संघको जिल्ला अध्यक्ष नै थिए ।
जिल्ला अधिवेशनले अध्यक्षमा वीरेन्द्र बहादुर शाही सहीत प्रथम उपाध्यक्ष सुरत शाह, द्धितीय उपाध्यक्ष दीपा बोहरा, महासचिव रमबहादुर शाही, सचिव हिमाल बहादुर शाह, कोषाध्यक्ष रोशन प्रसाद श्रेष्ठलाई सर्वसम्मत निर्नाचित गरेको छ ।
यस्तै सदस्यमा गोपाल खड्का, दिर्घ थापा, शंकर बोहरा, विष्णु बहादुर रावल, योगेन्द्र थापा निर्वाचित भएको निर्वाचन अधिकृत मदनराज जैशीले बताएका छन् । १२ सदस्यीय जिल्ला समितिमा केही सदस्य समितिको बैठकबाट थप गर्ने संघले बताएको छ ।
निर्माण व्यवसायमा आवद्धहरुको छाता संस्थाका रुपमा रहेको निर्माण व्यवसायी संघको जिल्ला अधिवेशनको प्रमुख अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया रहनु भएको थियो । अध्यक्ष वीरेन्द्र बहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा करिब तीन दर्जन बढी निर्माण व्यवसायीहरु सहभागि थिए

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर ११, २०७९ १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट