May 14, 2025 | बुधबार, जेष्ठ १, २०८२

बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो बढ्दै

  • सेती कर्णाली खबर
  • आइतवार, माघ २१, २०८० 0२:५१
बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो बढ्दै

उमेश रोकाया,बाजुरा- बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो अत्यधिक मात्रामा बढेको छ।

जिल्लाका विभिन्न ठाउँमा मौसम बदलिएको हुँदा अधिकास स्थानमा चिसो बढेको छ। दुई दिन लगातार भारी हिपात संगै पानी परेपछि मौसम सफा भएको हो। लगत्तै मौसम परिवर्तन आएको केही दिनमा बाजुराका माथिल्लो भेगमा रहेका हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका केही उच्च भागमा वर्षा भैरहेको छ।

आकाशमा बादल लागे संगै वर्षाले गर्दा बाजुरा केही स्थानहरूमा चिसो कारण जनजीवन कष्टकर भएको छ। त्यति मात्र नभएर यहाँको स्थानीयहरु लाई वर्षा हुने सम्भावना देख्दा कृषक निकै खुशी भएको छन। वर्षा भए संगै चिसो अत्यधिक मात्रामा बढेपछि सुदुरपश्चिम उच्च पहाडी भग रहेका हिमाली जिल्लामा वर्षा भैरहेको छ।

अहिले जिल्लाका माथिल्लो भेगमा वर्षा हुन लागेको छ। यहाँका कृषकलाई फलफूल तथा खेतीपाती ठुलो राहत हुने हुँदा कृषक खुशी भएका छन। अहिले वर्षा संगै उच्च स्थानमा हिउँ समेत परिरहेको छ। मौसम बदलिए संगै उत्तिकै चिसो मात्रा बढिरहेको छ।

  • सेती कर्णाली खबर
  • -