October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आगलागीमा क्षति घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहित राहत

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३१, २०८१ ११:४१
आगलागीमा क्षति घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहित राहत

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा आगलागी क्षति भएका पीडित घरपरिवारका लागि खाद्यान्न सहित लत्ताकपडा राहत सहयोग गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौरमा रहेकोे किन्दुरी सञ्जाल पाण्डेको ४ कोठे घर आज दिउँसो १२:३० बजे विद्युतिय तार सट्ट हुँदा आगलागी उत्पन्न भएको हो। आगलागीबाट नगद सहित सम्पूर्ण सामान नष्ट भएको छ। आगलागीबाट क्षति भएको घरलाई हिमाली गाउँपालिकाले खाद्यान्न तथा लत्ताकपडा सहित सामाग्री राहत पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले हस्तान्तरण गरेका छन।

आगलागी घरको सबै सामान नष्ट हुँदा तत्काल पालिकाले त्रिपाल १ बलाङकेट १ कम्बल २ पिस पि फर्म २ पिस म्याड २ पिस सल १ चप्पल १ जोडी बाल्टिन २ वटा चटाइ १ पिस र चामल २ कट्टा सहित आगलागी भएको घरपरिवारलाई गाउँपालिकामा पीडित सहित पुगेर राहत स्वरुप सहयोग गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले जनाएका छन।

तत्काल खाना र बस्ने ओढ्ने सहित अहिले आवश्यक पर्ने सामाग्री आगलागी पीडित परिवारलाई राहत दिएको छ। जसले उहाँको परिवारलाई केहि दिनका लागि खानलाई बास बस्नका लागि पालिका बाट तत्काल राहत व्यवस्था गरेको छ। क्षति भएको घरमा बस्न नमिल्ने खालको हुँदा त्रिपाल सहित राहतका सामाग्री पीडित पक्षले बुझिएको जिन्सी शाखा प्रमुख देवराज संजाल जैशीले जनाएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३१, २०८१ ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट