October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हप्ता दिनमा द्वारी ,अम्कोट क्षेत्रको बैकल्पिक सडक खोल्ने कार्य सुरु हुन्छ: नगर प्रमुख बानियाँ

  • सेती कर्णाली खबर
  • बुधबार, साउन १८, २०७९ 0७:४३
हप्ता दिनमा द्वारी ,अम्कोट क्षेत्रको बैकल्पिक   सडक खोल्ने कार्य सुरु हुन्छ: नगर प्रमुख बानियाँ

बाजुरा /जिल्लाको बुढीगंगा नगरपालिका  १ वडा स्थित   अमकोट द्धारी क्षेत्रमा यसैसाता  बैकल्पी सडक खोल्न काम सुरु हुने भएको छ ।

बुढीगंगा नगरपालिका नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा नगर उपप्रमुख माया( खड्का) कुँवर अतिथि, नेकपा एमालेका नगर कमिटी अध्यक्ष नरेन्द्र थापा,वडा नम्वर १ का वडा अध्यक्ष रणबहादुर थापा,कार्यापालिका सदस्य, सडक डिभिजनका अनिल कुमार जैरवाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथ, पत्रकार लगाएत स्थानियको उपस्थितिमा  मंगलबार बुढीगंगा नगरपालिका २ कन्सन बाजुरामा बसेको सर्बपक्षिय बैठकलले एक हप्ता भित्र बैकल्पीक सडकको काम सुरु गरिसक्ने निर्णय गरेको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बताए ।

सर्बपक्षिय बैठकमा जनप्रतिनिधि, सडक बिभागका प्रतिनिधि सहरी बिकासका प्रतिनिधि राजनैतिक दलका प्रतिनिधि पत्रकार र स्थानियको सहभागितामा निर्णय भएको नगर प्रमुख बानियाँले बताए ।

बिगत ४ बर्ष देखि बर्षातको समयमा ३, ४ महिना बन्द हुदै आएको बल्दे, अमकोट देखि द्धारीसम्मको सडक बन्द हुदै आएको छ । बिगतको बर्षहरुमा सो क्षेत्रको बैकल्पीक बाटो खोल्न धेरै पहल नभए भएपनि असार २३ गते बुढीगंगा नगरपालिकामा आएको नवनिर्बाचित जनप्रतिनिधि आएपछि जिल्लालाई नै निकास दिने गरि काम सुरु गरिएको नागरिक समाजका अगुवाहरुकाे भनाइ रहेकाे छ ।

  • सेती कर्णाली खबर
  • -