April 25, 2026 | शनिबार, बैशाख १२, २०८३

कागतीले बजार नपाउदा रुखमै थन्किए: कृषक साउद

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र १७, २०८० 0४:२४
कागतीले बजार नपाउदा रुखमै थन्किए: कृषक साउद

उमेश रोकाया,१७ चैत/बाजुरा- कागतीले बजार नपाउदा रुखमै थन्किएको हुँदा कृषक अंग बहादुर साउद चिन्तितमा परेका छन।

हिमाली गाउँपालिका वडा नम्बर ६ को कापुचौर नजिकैको क्षेत्रमा रहेकोे ठाउँमा विगत ५ वर्ष बाट कृषक अंग बहादुर साउद खेतबारीमा काम गर्दै आउनुभएको छ। कागती फलाउन लागेको करीब ३ वर्ष भैसकेको छ। आफू संग उत्पादन भएको कागती बिक्रीवितरण गर्ने धुलाचौर र कोल्टी क्षेत्र बजार लिएर बिक्री गर्दा पनि बिक्री हुन सकेको छैन। फलेको कागती बजारीकरण नपाउदा रुख बाट झरेर बारीमा खेर जाने गरेको छ।

आफू १६ वर्ष नेपाली प्रहरी जागीर गरेर रिटार भएर आफ्नो खेतबारीमा काम गरेर केहि आम्दानी हुने खेतीयोग्य गर्नुपर्छ सोचेको जुन योजना छ। त्यसमा आफु असफल भएको महसुस भएको कुरा बताएका छन। जागिर अबधि सकिएर घर आइसके पछी कागती खेतिमा अर्थ प्रयास गरिएको थिए। जुन आफुले लगाएको कागती फलेर लटरम्म हुँदा निकै खुशी भएको थिए। फलिसकेपछी बजारमा बिक्री गर्न जादा बजार नपाउदा निकै दुखी अवस्था रहेकोे कृषक साउदले बताएका छन।

कागत फलाएर बिक्री नहुदा आफ्ना मान्छेलाई नासुको रूपमा वितरण गर्ने गरेको छ। कागती खेती गरेपनि बिक्रीमा निकै समस्या हुँदा अहिले समस्यामा परेका उनको भनाइ छ। आफू खाएर अरु लाई दिदा दिदै पनि आफ्नो परिश्रम र लगानी अनुसार घाटामा परेको उहाँको भनाइ छ। केहि कागती बोट बाट झरेर बारीमा केही कुहिएर सखाप भएको छ। भने केही घरमा आउने आफ्ना आफन्त टिपेर लिने गरेको छ।

पहिलो पटकको कागती रुख बाट निकाले १ क्वीन्टल जति खाल्डामा गाडेर राखेको छ। खाली राख्दा सुकेर अथवा कुइर फाल्नुपर्ने अवस्था हुँदा जमिन गाडेर राखेको छ। कागती सिजनमा बजार नपाउदा केही महिनाका लागी खाल्डामा पुरेर राखेको छ। बैशाख महिना निकाल्ने गरेर राखेको छ। कुइन्छ कि कुइदैन भन्ने परिक्षणका खाल्डोमा राखिएको छ। धुलाचौर र कोल्टी बजार बिक्री गर्न लिदै गर्दा एक दानाको २ रुपैयाँको दरले बेच्दा पनि बिक्री हुनसक्ने सम्भावना कम हुँदा अहिले समस्या भएको छ।

कागती गाउँमा लिएर करिब २५ के.जी. जति सिमी संग साटासाट गर्दा पनि स्थानीयले नलिएको त्यतिकै फिर्ता दिएर घरमा ल्याएको कृषक अंग बहादुर साउदले बताएका छन। अहिले कागती बिक्री नहुदा आफ्ना आफन्त लाई नासुको रूपमा दिइने गरेको छ। गाउँमा बिक्री गर्दा चुकिलो भनेर किनेर लिदैन कसैलाई तपाइँ लाई निशुल्क दिइयो भने कागती खाने गरेको छ। केही आम्दानी हुन्छ कि भनेर पेशाको रूपमा लागेर पनि बिक्रि नहुदा अहिले अन्योलमा परेको कृषक साउदले बताएका छन।

कागती खेती गर्नका लागि ५ वर्ष नाघेको छ। फल्न सुरु गरेको ३ वर्ष भएपनि फल लागेर बारीको बोटमा थन्किएको छ। केहि खाली बारीमा झरेर कुइएर नष्ट भएर जाने गरेको छ। बजार नपाउदा सबै कागती दाना बारीको सडेको प्रशस्त अहिले पनि उत्तिकै दाना देख्न सकिन्छ। एउटा मुख्य बजारीकरण समस्या घरदैलोमा सडक संजाल नपुगेर पनि ठुलो मर्कामा परेको छु। घर आगन सम्म सडक पुग्यो भने धेरै मुल्यमा जान सक्ने सम्भावना आशा बोकेको देखिन्छ।

यातायात कमिले गर्दा कागती बजारीकरणमा निकै समस्या भएको छ। अहिलेसम्म ५ क्वीन्टल कागती फलेको भएपनि बजार सम्म पुर्‍याउन पिठ्युँमा बोकेर लिन घण्टा पैदल यात्रा गरेर हिड्न समस्या भएको छ। यातायातको पहुँचमा पुगियो भने लगाएको कागती बजार पाउने सम्भावना बोकेको छ। कागती खेती गर्दा अति उत्तम लाग्छ। जुन व्यवसायी रूपमा खेती गरेपनि आमदानी कम खर्च बढ्दो अवस्थामा रहेकोे छु। आफू खानेकी कति अरु लाई दिइने दिदा दिदै पनि धेरै कागती दाना बोटमै थन्किएको छन। सरकारले फलफूल र हरियो सागपात लगाउ भन्ने गरेपनि वास्तविक अहिलेसम्म कागतीले बजार नपाउदै गर्दा लगानीमा चिन्ता महसुस भएको कृषक साउदले बताएका छन।

कतिपय बोट कागती बाह्र महिना फल्ने रुख लगाएको छन। भने १२ वटा बोटा सिजनमा मात्र लाग्ने गरेका छन। जसले गर्दा कागती मात्र नभई आलु, फर्सी, स्याउ, ओखर र आरु जस्ता फलफूल तथा तरकारी लगायत बारीमा फलाउने गरेपनी अहिले बजारको समस्याले गर्दा धेरै दुख झेल्नुपर्ने अवस्था सिर्जना भएको छ। लगाएको फलफूल बजारीकरणका सहजीकरण गर्नका लागि स्थानीय सरकारले महत्त्वपूर्ण भुमिका रहोस् भन्ने आशा समेत व्यक्त गरेका कृषक साउद बताउनुभयो।

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र १७, २०८० 0४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।