September 21, 2026 | सोमवार, अशोज ५, २०८३

स्वामिकार्तिकमा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमबारे एकदिने तालिम सम्पन्न

  • सेती कर्णाली खबर
  • सोमवार, अशोज ५, २०८३ १५:५३
स्वामिकार्तिकमा स्थानीय उत्पादनमा आधारित  विद्यालय दिवा खाजा कार्यक्रमबारे एकदिने तालिम सम्पन्न

सेतीकर्णाली खबर

असोज ५ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रमअन्तर्गत सहकारी, कृषक समूह तथा कृषकहरूका लागि आपूर्ति शृङ्खला व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। स्वामिकार्तिक खापर गाउँपालिका, इन्टिग्रेटेड डेभलपमेन्ट सोसाइटी नेपाल (IDS-Nepal) र विश्व खाद्य कार्यक्रम (WFP) को सहकार्यमा आयोजना गरिएको हो।
तालिममा गाउँपालिकाका अध्यक्षको सभापतित्व तथा उपाध्यक्ष सुलोचना बुढाको आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो। श्री शम्भु सुनन्दा माविका विव्यस अध्यक्ष मेघराज शाहीले दिवाखाजा कार्यक्रम कार्यान्वयन र गुणस्तरीय शिक्षा पठन पाठन भएको वा नभएको शिक्षा साखा र wfpले बेलाबेला अनुगमन गरि कार्वाही र पुरस्कारको व्यवस्था गर्नु सुझाव सल्लाह दिनु भएको छ। गाउपालिका अध्यक्ष  भरत रोकायाले  विधार्थी भविष्यका कर्णदार भएको हुनाले शिक्षक, अभिभावक र विव्यस सबै मिलेर विधार्थीको भविष्य माथी खेलभाड गर्न नहुने र असल शिक्षाले सबैखाले जनशक्ति  तयार पार्ने भएकोले देश समृद्ध हुन सहयोग पुग्ने सैद्धान्तिक  कुरामा जोड दिनु भएको थियो।  कार्यक्रममा गाउँपालिकाका पाँचवटै वडाका वडाध्यक्ष, गाउँपालिकाभरिका विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष, शिक्षक–अभिभावक संघका अध्यक्ष तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यस्तै, सहकारी तथा कृषक समूहका पदाधिकारी र कृषकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयमा स्थानीय उत्पादनको प्रयोग बढाउँदै पोषणयुक्त दिवा खाजा व्यवस्थापन गर्ने, स्थानीय कृषक तथा उत्पादकलाई विद्यालयको आपूर्ति प्रणालीसँग जोड्ने र आपूर्ति शृङ्खलालाई व्यवस्थित बनाउने विषयमा छलफल तथा प्रशिक्षण WFP का प्रतिनिधि धिरज ढुङ्गानाले गर्नु भएको थियो।
कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख विनोद शाहीले गरेका थिए। तालिममा स्वामिकार्तिक खापर गाउपालिका शिक्षा साखा प्रमुख तथा विधालय निरिक्षक दयाराम जोसीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै विद्यालयका विद्यार्थीलाई पोषणयुक्त खाजा उपलब्ध गराउने तथा स्थानीय कृषकको उत्पादनको बजार सुनिश्चित गर्ने विषयमा समेत जोड दिइएको गाउपालिका प्रवक्ता सिंह धामिले सेतीकर्णाली खबर डटकमलाई जानकारी दिनु भयो।

  • सेती कर्णाली खबर
  • सोमवार, अशोज ५, २०८३ १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट