October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कतारमा दशैं धमाका २०७९ सांस्कृतिक कार्यक्रम हुने

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज ८, २०७९ 0७:४७
कतारमा दशैं धमाका २०७९ सांस्कृतिक कार्यक्रम हुने

शुलभ चन्द, कतार : नेपालीहरुको महान् पर्व विजया दशमीको पावन अवसरमा कतारमा “दशैं धमाका २०७९” सांस्कृतिक कार्यक्रम हुने भएको छ । एसएसके ब्रोदर्सको आयोजनमा हुने दशै धमका २०७९ का लागि नेपाली बाट चर्चित कलाकारहरू गायक रमेश राज भट्टराई गायिका सम्झना भण्डारी गायक तथा मोडल अर्जुन सापकोटा र डान्सर करिश्मा पुन मगर सहित चर्चित भोजपुरी डान्सर प्रीति पासवान कतार आउने भएका छन् दशै धमाका का संयोजक सुमन भारतीका अनुसार उक्त कार्यक्रमका को लक्ष कतार मा कर्मथलो बनाई बस्नुहुने सम्पुर्ण नेपाली हरुलाई नेपाल मै भयको महसुस गराउनको लागि यो कार्यक्रम को आयोजन गरेको सेतीकर्णाली खबरलाई बताए

आगामी ३० सेप्टेम्बरमा कतार को मुटु कर्णेश मा रहेको ओसिस बिच क्लबको स्पोर्ट कोर्टमा दिउँसोको ४ बजे देखि शुरु हुने कार्यक्रम को प्रमुख अथिती
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार का अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान हुने र
धमाका राति १० बजेसम्म चल्ने भारतीले सेती कर्णाली लाई जानकारी दिए । यो कार्यक्रम एतिहासिक भयको हुदा उनले उक्त मितिमा अन्य कार्यक्रम नजुधाउन कतारमा स्थापित सम्पूर्ण संघ संस्थाहरूलाई आग्रह गरेका छन् । भारतीले प्रवासमा पनि दशैंलाई सामूहिक तथा भव्यरूपमा एकै थलोमा मनाउन सकियोस् र एक दिन भए पनि कामको थकाइलाई मेट्न सकियोस् भन्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

उनले कतारका अग्रजहरू, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन आग्रह समेत गरेका छन् । कार्यक्रमको टिकटको मूल्य ५० र १०० कतारी रियाल तय गरिएको उनले जानकारी दिए मध्यान्ह दिप सन्चार उक्त कार्यक्रमको अफिसियल मिडिया पार्टनर रहेको छन।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज ८, २०७९ 0७:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?