July 25, 2024 | बिहिबार, साउन १०, २०८१

हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

  • सेती कर्णाली खबर
  • मङ्लबार, भदौ १४, २०७९ १४:१६
हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

बाजुरा- हिमाली गाउँपालिका ग्रामिण सडक सञ्चालन गर्नको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधिक टोलिले स्थलगत सर्वेक्षण तथा अनुगमन गरेको छ।

यही वर्षको साउन महिनाको अविरल वर्षादको कारणले विशेषगरी सडक सञ्जालमा बढी क्षति  भएको छ।

वर्षादको कारण पालिका भित्रका सडक सञ्जाल मात्र नभई कृषि क्षेत्रमा भएको क्षति पुर्‍याउने समस्या  कृषकलाई  क्षति  अनुसारको कृषकलाई राहत उपलब्ध गराउने  हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले बताए।

अबको केहि समय पछि गाउँपालिका भित्र पर्ने ग्रामिण सडक सञ्जाल जोडिएको वडा, टोल र बस्ती छिटोभन्दा छिटो सञ्चालनमा आउने छ। यातायात तथा स्थानियबासिहरुलाई आवतजावत गर्ने समस्या समाधान तर्फ गाउँपालिका सिङ्गो टोलि खटिएको गाउँपालिका इन्जिनियर मदन राज पाण्डेको भनाइ छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, भदौ १४, २०७९ १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट