October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

  • सेती कर्णाली खबर
  • बुधबार, असार १५, २०७९ १९:३२
चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

बाजुरा : चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी गृह जिल्ला बाजुरा पुगेर नाबालक परिचय पत्र लिएका छन् । मंगलबार दिउँसोे नाबालक परिचय पत्र बनाउँन बाजुरा पुगेका थिए ।

बाल गायक मल्लले जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेर नाबालक परिचय पत्र बनाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले गायक मल्ललाई नाबालक परिचय पत्र बनाएर प्रदान गरेका छन् ।

सानै उमेरमा कलाकारिता क्षेत्रमा उदाएका बाजुराका सान सुप्रिम मल्ल जिल्ला पुगेपछि भेटघाट गर्नेको लर्को लागेको छ ।

गायक मल्लको सहायक प्रमुख जिल्ला अधिकारीले नाबालक परिचय पत्र प्रदान गरेको फोटा सामाजिक सञ्जाल फेसबुकमा राखेपछि दर्शक र उनका आफन्त भेटघाट गर्न उनी कहाँ पुगेका छन् ।

  • सेती कर्णाली खबर
  • बुधबार, असार १५, २०७९ १९:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट