October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बजार सरसफाइ संगै सिसा मुक्त बनाउन व्यवसायी एकजुट

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० 0८:१0
बजार सरसफाइ संगै सिसा मुक्त बनाउन  व्यवसायी एकजुट

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका केन्द्रमा रहेकोे धुलाचौर बजार सरसफाइ संगै सिसा मुक्त बनाउन बजार व्यवसायी एकजुट भएका छन।

चैत १ गते बिहीबार बिहान् धुलाचौर बजार क्षेत्रको आसपासका ठाउँमा बजार सरसफाइ कार्यक्रममा एकजुट भएर लागेका छन। बजार फोहोर कुहिने समान र नकुहिने कागज तथा सिसाका टुक्रा संकलन गरि एक ठाउँमा थुपार्ने बाँकि जलाएका छ। बजारमा फोहोर मैला कसैलाई नगर्ने विशेषगरी होटल व्यवसायी लाई अनुरोध गरेका छन।

बजार करिब ३० जना जति बजार व्यवसायी धुलाचौर बजार छेउछाउ भएका फोहोर टिपेर कट्ठा हालेर फोहोर संकलन गरेका छन। फोहोर बजार भित्र मात्र नभएर बजार भन्दा बाहिर तिर रहेकोे जथाभावी फालेको कागज, फोहोर कपडा, सिसा टिपेर खाल्डामा हालेका छन। जलाउन सकिने फोहोर बजार बाहिर लिएर जलाएर नष्ट समेत गरेका छन।

बजार सरसफाइ स्वच्छ र सफा बाताबरण बनाउन महिनाको दुई पटक सरसफाइ गर्ने गरेको छ। हामी हाम्रो बजार सधै सफा संग राख्न धुलाचौर बजार व्यवस्थापन निरन्तर लागिपरेको छ। सरसफाइ पुर्ण हामी सबैको जिम्मेवारी उत्तिकै रहेकोे छ। बजार कहिले पनि दुर्गन्धित नराख्न बजार सरसफाइ कार्यमा बजार होटल तथा अन्य व्यवसायी स्वच्छ र सफाई राख्ने जहिले पनि हामी तयार रहेकोे धुलाचौर बजार व्यवस्थापन समितिले जनाएको छ।

धुलाचौर बजार सरसफाइ गर्ने धुलाचौर बजार व्यवस्थापन समिति र धुलाचौर स्थायी प्रहरी चौकी संयुक्त रूपमा बजार सरसफाइ कार्यक्रम गरेका छौ। यश सरसफाइसम्बन्धी विभिन्न कामकाज लाई हाम्रो अभियान जहिले पनि लागिपरेको छौँ। बजार स्वच्छ र सफा राख्न हाम्रो प्रतिबद्ध रहेकोे बजार व्यवस्थापन समितिले जानकारी दिएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० 0८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट