July 25, 2024 | बिहिबार, साउन १०, २०८१

तराईमा अटो रिक्सा कमाई घटेपछि पहाडी भेगमा

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र २२, २०८० 0४:५४
तराईमा अटो रिक्सा कमाई घटेपछि पहाडी भेगमा

सेतीकर्णाली खबर/बाजुरा- तराईमा अटो रिक्सा कमाई घटेपछि पहाडी भेगमा चलाउने गरेका छन।

विगत धेरै वर्ष अगाडि तराई ईलाका बजार क्षेत्रमा अटो रिक्सा चलाउन सुरु गरिएको थियो। अहिले पहाड कुना कुन्द्रा गाउँ ठाउँ सम्म सडक पहुँचमा आएपछि पहाड पनि गाडी जिप चल्नुका साथै अटो रिक्सा चलाउन सुरु गरिएको छ।

तराईका बजार क्षेत्रमा अटो रिक्सा अधिकतम रूपमा भएको हुँदा पहाड कमाई राम्रो हुन्छ। कि भनेर कोहलपुर बाट सुर्खेत, दैलेख, कालिकोट हुँदै बाजुरा हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजारमा ४ दिनको यात्रा पुगेका छौँ। विशेषगरी हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका आसपासका क्षेत्रमा चलाउने भनेर आएको अटो रिक्सा चालक प्रदिप थारूले बताए।

तराई क्षेत्र भन्दा अलि केही कमाई हुन्छ भनेर आएको हौं। अहिले हामीले ३ वटा अटो रिक्सा ल्याएर ताजाकोट गाउँपालिका अध्यक्ष मार्फत आएको रिक्सा चालक भनाइ रहेकोे छ। गाउँपालिका अध्यक्ष भनाइ अनुसार ४ वटा अटो रिक्सा ल्याउनु भनेपनी हामीले भनेको अनुसार ल्याउन सकिएन। अहिले तीन वटा अटो रिक्सा राति बास दिन भरमा चलाएर निरन्तर अटो रिक्सा यात्रामा भएर यहाँ पुग्न सफल भएको चालक थारु बताउनुभयो।

  • सेती कर्णाली खबर
  • -