October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष रोकाया सहित ११ जना गठन

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ६, २०८१ १७:१८
पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष रोकाया सहित ११ जना गठन

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष मुन बहादुर रोकाया सहित ११ जना नयाँ गठन गरेका छन।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजना र एल.ड्ब्लु.एफ. नेपालीको आर्थिक सहयोगमा एल.टु.जी. परियोजना अन्तर्गत स्थानीय देखि विश्वव्यापी मानव अधिकार वकालत मार्फत नेपालमा सीमान्तकृत समुदाय र सामाजिक रूपमा पहिस्कृत जनसंख्याको सशक्तीकरण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा हिमाली गाउँपालिका स्थानीय मुक्त हलिया समाजका अध्यक्ष रुपचन्द्र सार्कीको अध्यक्षतामा पालिका भित्र रहेका ७ वडाका अपाङ्गता व्यक्ति उपस्थितिमा कार्यक्रम गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल बाजुराका सामाजिक परिचालक जनसरी सार्कीले बताएका छन।

साउन ६ गते आइतबार दिनमा हिमाली गाउँपालिका स्तरीय अपाङ्गता संजाल नयाँ गठन गरिएको छ। पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष मुन बहादुर रोकाया उपाध्यक्ष जगत तिमिल्सिना सचिव डबले सार्की कोषाध्यक्ष जैविर सार्की सदस्यमा सुशीला सार्की, नन्दसरी सार्की, धनलाल लवार, गौरीकला सार्की, कलविर सार्की र बाचकली सार्की सहित ११ जना नयाँ गठन चयन गरिएको छ।

पालिका स्तरीय अपाङ्गता संजाल नयाँ गठन गरिएको छ। यसलाई परिचालन गर्नका लागि हामी लागेका छौ। अपाङ्गता हकहितका लागी कहिले पनि पछाडि हटिने छैन। जुन गठन भएको टिम सक्रियता भएर काम लाग्नु हुनेछ भन्ने आशा बोकेको छ। नयाँ गठन भएको टिमलाई हार्दिक बधाई दिदै कार्यकालको शुभकामना समेत दिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ पालिका सहज कर्ता मदन सार्कीले बताए।

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ६, २०८१ १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट