September 6, 2026 | आइतवार, भदौ २१, २०८३

स्वामिकार्तिकमा छाउपडी कुप्रथा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन १३, २०७९ 0५:0१
स्वामिकार्तिकमा छाउपडी कुप्रथा सम्बन्धि  सचेतना कार्यक्रम  सम्पन्न

बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा छाउपडी कुपर्था सम्बन्धि सचेतना कार्यक्रम  हिजो सम्पन्न  भएको छ । मानवीय सेवमा अनेकौं प्रयास सस्था कैलालीको आयोजना र स्वामिकार्तिक खापर गाउँपालिकाको सहकार्यमा पिलुचौर झोलुंगे पुल नजिकै    कर्णाली नदिको किनारमा एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष भरत रोकायाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा छाउपडी पर्था न्यूनीकरण सम्बन्धि सचेततामुलक विभिन्न कार्यक्रमहरु गरिएको थियो ।गाउँपालिकाका ५ वटै वडाका महिलाहरूले छाउपडी पर्था न्यूनीकरण बिषय सामुहिक देउडा प्रस्तुत गरेका थिए । छाउपडी पर्था न्यूनीकरण गर्नका लागि के कस्ता प्रयासहरु गर्न सकिन्छ भन्ने बिषयमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु भएका थिए ।सामाजिक समस्या न्यूनीकरणका लागि विभिन्न ठाउँमा कार्यक्रम गर्दै समस्यामा परेकाहरुलाई आवस्यक सेवा समेत प्रदान गर्दै आएको यो सस्था जिल्लाको त्रीवेणी नगरपालिका र स्वामिकार्तिक गाउँपालिकामा लागु छ ।

कार्यक्रम सहभागी प्रत्यक वडाका ५०० जना महिलालाई विभिन्न सरसफाईका सामाग्री समेत बितरण गरिएको थियो । कार्यक्रममा कलाकार गौरी ओझाले छाउपडी कुपर्था सम्बन्धि जनचेतनामुलक ठाडी भाका , देउडा गीत मार्फत आफ्नो प्रस्तुति राखेकी थिइन् । कार्यक्रममा कार्यक्रमका अथिती, बिशिस्ट अथिती, लगायत प्रमुख अथितीले आफ्नो भनाईहरु राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले छाउपडी कुपर्था सम्बन्धि सचेतनामुलक कार्यक्रमले दुरदराजका बस्तीहरुमा प्रमुख समस्याका रुपमा रहेको छाउपडी पर्था न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । वक्ताहरुले छाउपडी पर्था न्यूनीकरण घरबाटै र आफैबाट सुरु गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

अधिकांस मानिसहरु शिक्षित भैसकेको भएपनि अझै यो सामाजिक कुपर्था अझै समाजमा जडो गाडेर बसेकाले सवैको साझा सहमति सहकार्य र सहकार्यका माध्यमबाट यसको अन्त्य गर्नुपर्नेमा कार्यक्रममा प्रमुख अथिती समेत रहेका गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताएका छन् ।परमपरा देखि समाजमा यो गलत पर्थालाई मान्दै आएको हुँदा महिलाहरू विभिन्न समस्याहरु भोग्नुपरेको बताउदै यसको अन्त्यका लागि गाउँपालिकाको तर्फबाट आवस्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । महिलाहरुलाई लक्षित गरि गाउँपालिकाले महिला संग सम्बन्धित समस्या समाधानका लागि गाउँपालिकाले निती नै बनाएर अगाडि बढ्ने तयारी गरिरहेको बताए ।

एक औपचारिक कार्यक्रमका बीच साइन नेपाल मानवीय सेवामा अनेकौं प्रयास सस्था कैलालीका अध्यक्ष भक्तबहादुर जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अथिती गाउँपालिकाका अध्यक्ष भरत रोकाया रहेका थिए । कार्यक्रममा बिशिस्ट अथिती गाउँपालिकाकी उपाध्यक्ष मैना जोशी रहेकी थिइन् । कार्यक्रममा अथिती CAR का प्रतिनिधिहरु गाउँपालिका भित्रका विभिन्न वडाका वडा अध्यक्षहरु, जिल्ला अस्पताल बाजुराका चिकित्सक ,कार्यपालिका सदस्यहरु , गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी ,सस्थाका पधातीकारी, पाँच वटै वडाका स्थानीय पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्तिथि रहेको थियो ।

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन १३, २०७९ 0५:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  