July 14, 2024 | आइतवार, असार ३०, २०८१

बाजुरामा भिरबाट खसेर दुई जना घाइते

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १९, २०७९ १३:२२
बाजुरामा भिरबाट खसेर दुई जना  घाइते

बाजुरा- जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नम्बर ३ भुलेनाका दुई जना युवा भिरवाट लडेर घाईते भएका छन । घाईते हुनेमा अन्दाजी ३०/३२ बर्षका देविलाल लुहार रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
फाल्गुण १९ गते दिउसाे २ बजे तिर गाउँ नजिकै रहेकाे नाना चाैर भिरबाट हाम फाल्न खाेज्दा उनी घाईते भएका हुन ।

निजले भिरवाट हाम फाल्न खाेज्दा उनलाई बचाउन गएका साेही वडा बस्ने अन्दाजी २१/२२ बर्षिया लाल लुहार पनि निजसँगै भिरवाट खस्न गई सक्त घाईते भएकाे वडा नम्बर ३ का वडा अध्यक्ष जगविर राेकायाले जानकारी दिएका छन।

साे घटना घटेकाे ईलाका प्रहरी कार्यालय बुढिनन्दाले जानकारी पाउना साथ प्रहरी निरिक्षक सुरज सिहको कमाण्डमा ७ जनाको टोली खटाएको ईलाका प्रहरी कार्यालय बुढीनन्दाले जनाएकाे छ ।
घाईते दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुरामा उपचार भईरहेको प्रहरीकाे भनाई छ । बिरबाट लडेका देवीलाल लुहारका दुबै हात भाँचिएको, टाउकोमा गम्भिर चोट लागेकाे छ भने लाल लुहारको पुरै शरिर थिचिएको बाहिरी शरीरमा कुनै पनि घाउ/चोट नदेखिएको ईलाका स्वास्थ्य चाैकी काल्टीले जनाएकाे छ ।

उनिहरु दुबै जना बेहोस अबस्थामा भेटिएका थिए । उनिहरुकाे थप स्वास्थ्य अबस्था बारे भने कुन‌ै जानकारी नआएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । स्रोत – loktantrabihaninews.com

  • सेती कर्णाली खबर
  • -