बाजुरा– बाजुराको सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाले स्थानिय फूलमालालाई प्राथमिकता दिदै पलास्टिकजन्य फूलमालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलमालाले वातावरणमा असर पुर्याउनुका साथै यहिगाउमा उमारेका स्थानिय किसानले उत्पादन गरेका फूलमालालाई प्राेत्सान गर्दै पलास्टिकका फूलमाला लाई भन्दै बडिमालिका गरपालिकाभित्र यसको बिक्रीवितरणमा रोक लाउने निणर्य गरेको छ ।
शुक्रबार बसेको नगर कार्यपालिकाको ३० औं कार्यपालिका बैठकले स्थानिय कृषकहरुको बारीमा उत्पादित फूललाई प्रोत्साहन गरि प्लाष्टिक जन्य फूलमालालाई रोक लगाउने निणर्य गरेको नगर प्रवक्त धर्मराज पाध्ययले बताएका छन ।
त्यस्तै दीपावली तथा छठ पर्वलगायतका चाडपर्व, मेला महोत्सव तथा सभा समारोहमा प्लाष्टिकजन्य फूलमालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको नगर प्रवक्ता पाध्ययले बताए छन् ।
पलास्टिक जन्य सामान फूलमाला लाई सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न रोक लगाएको छ। साे बमाेजिम प्लाष्टिकजन्य फूलगुच्छा, माला तथा प्लाष्टिक झोलालगायतका सामग्रीको बिक्री, वितरण नगर्नका लगी नगरपालिकाले सबैलाई आग्रहसमेत गरेकाे छ ।