October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा ७० वर्षिय महिला बलत्कृत

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ ३०, २०७९ १२:३१
बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरा — बाजुरा जिल्लामा ४० बर्षिय पुरुषले ७० बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । बुढिगंगा नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४० का बिष्णु भारतीले ७० बर्षिय महिलालाइ जवरजस्तीकरणी गरेको आराेप लागेकाे  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन ।

भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाको श्रीमानले देख्नासाथ भारती झ्यालबाट हाम फालेर भाग्न खोज्दा घाईते भएको प्रहरीको भनाई रहेको छ ।
नग्न अवस्थामा झ्याल बाट हाम फाली भाग्न खोज्दा आगनमा पछारीएर  घाईते भएका भारतीलाई प्रहरीको सहयोगमा अस्पताल लगिएको जनाएको छ ।
भारतीलाई उपचारको लागी बयलपाटा अस्पताल अछाम पठाएकोमा उपचार हुन नसकी थप उपचारको लागि सेती प्रादेशिक अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । सो बिषयमा अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई रहेको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ ३०, २०७९ १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?