October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हाल सम्म बुढिगंगामा एमाले कै अग्रता ५ र६ वडाको मत गणना हुँदै

  • सेती कर्णाली खबर
  • आइतवार, असार २६, २०७९ 00:२६
हाल सम्म बुढिगंगामा एमाले कै अग्रता ५ र६ वडाको मत गणना हुँदै

बाजुरा /बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेकाे छ । नगरपालिकाको वडा नम्बर १, २,३,४,७,८, ९ र १० को मतगणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १ सय १मत पाएका छन् । त्यसैगरि उपमेयरमा नेकपा एमालेकी माया कुँवरले ३ हजार ७ सय ५३ र कांग्रेसकी रीता शाहीले ३हजार १ सय ५३मत पाएकी छिन् ।
हालसम्म वडा नम्बर १, २, ३,४,७,८,९ र १० को मत गणना सकिएकाे छ । यी वडामा मध्य १,२,३,९,र१० एमाले विजयी भएकाे छ । भने ४,७,८ मा काँग्रेस विजयी भएका छ ।

अब मत गणना ५र ६ वडा बाकी रहेको छ। यी २ वडाहरू एमाले कै मुख्य पकेट वडा मानिएको छ। गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । मतदानमा ६६.८३ प्रतिशत मत खसेको थियो ।

  • सेती कर्णाली खबर
  • आइतवार, असार २६, २०७९ 00:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट