July 12, 2025 | शनिबार, असार २८, २०८२

प्रवासी नेपाली मञ्चकतारको ऐतिहासिक राष्ट्रिय भेला भब्यताका साथ सम्पन्न

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ९, २०८० १५:0६
प्रवासी नेपाली मञ्चकतारको ऐतिहासिक राष्ट्रिय भेला भब्यताका साथ सम्पन्न

 छम बहादुर चन्द शुलभ कतार/प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारको आयोजनामा सङ्गठित सदस्यहरूको राष्ट्रिय भेला २५-अगष्ट-२०२३ मा सनैयाको प्लाजामल स्थित सेन्चुरी होटलको सभाहलमा सम्पन्न भयो। दिउँसो तीन बजे देखि सन्चालन भएको उक्त कार्यक्रममा २५५ भन्दा बढी सङ्गठनका सङ्गठित सदस्यहरूको उपस्थिती रहेको थियो। प्रवासी नेपाली मन्च, राष्ट्रिय कमिटी कतारका अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षता तथा अन्तराष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार प्रसार बिभाग प्रमुख चानक पोखरेल को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा मध्यपूर्व कमिटी इन्चार्ज कमलमणि गुरागाईं विशेष अतिथि रहेका थिए। केन्द्रिय कमिटीले जारी गरेको निर्देशनको अक्षरस: पालना गर्दै संचालन गरिएको कार्यक्रम खादा, ब्याज तथा माला रहित रहेको थियो भने मन्चलाई वक्ताले बोल्ने क्रममा मात्र उपयोग गरेका थिए।
प्रवासको कर्मभूमिबाट स्वदेशको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रममा प्रवासी नेपाली मन्च कतार सँग आवद्ध सङ्गठित सदस्यहरूको मन्च सँग सम्बन्धित प्रस्तावहरू संकलन गरेर मन्चलाई अझै सशक्त बनाउन तथा मन्चलाई प्रवासी नेपाली श्रमिकहरूको हीतोपयोगी कार्यहरुमा अझै दृढ पूर्वक लगाउने उदेश्यका साथ सङ्गठित सदस्यहरूको राष्ट्रिय भेलाको आयोजना गरिएको तथ्य मन्चका उपाध्याक्ष बालकृष्ण भित्रिकोटीले कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्ने क्रममा बताएका थिए।
प्रवासी नेपाली मन्च मातहतका विभागहरूले आफ्ना विभागले छैटौँ महाधिवेसन यता गरेका कार्यहरूको प्रतिवेदन कार्यक्रममा वाचन गरेका थिए। जस अन्तर्गत, आर्थिक विभागको प्रतिवेदन विभागीय प्रमुख तथा मन्चका उपाध्यक्ष विजय बस्नेतले वाचन गरेका थिए भने श्रमिक समस्या पहिचान तथा समाधान विभागका प्रमुख तथा मन्च उपसचिव खेमराज सुवेदीले अहिले सम्म विभागले प्रवासी नेपाली श्रमिकको हीतमा गरेका कार्यहरू समेटेर विभागको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए।
प्रतिवेदनमा विभागले कतार स्थित नेपाली श्रमिकको अतिरिक्त कतार बाहिर कुवेत लगायतका देशमा कार्यरत श्रमिक हरूको हीतमा गरिएको कार्यहरू पनि प्रतिवेदन वाचन गर्ने क्रममा सुनिएको थियो। यसै गरी सङ्गठन विभाग प्रमुख तथा मन्चका सचिव बिनेश तामाङ्गले सङ्गठन विभागको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए।
विभागहरूको प्रगति विवरण पश्चात कार्यक्रम आफ्नो मूल उदेश्यमा प्रवेश गरेको थियो। कार्यक्रमको मूल उदेश्य अन्तर्गत संगठित सदस्यहरूको राय, सुझाव सहितका प्रश्नहरू उक्त कार्यक्रममा संकलन गरिएको थियो। प्रवासी नेपाली मन्चको सुद्रिढिकरणको निमित्त राय तथा सुझाव प्रदान गर्ने कार्यमा उलेख्य संगठित सदस्यहरूले सहभागिता जनाएका थिए।
उठेका प्रश्नहरूलाई आफ्ना सम्बोधनका क्रममा सम्बन्धित नेतृत्व ले समेट्दै संगठित सदस्यहरूका जिज्ञासा निरुपण पार्ने प्रयास गरिएका थिए। कार्यक्रम प्रशिक्षणात्मक फर्म्याटमा आयोजना गरिएको हुँदा ” गैर आवासीय नेपाली संघ लगायत सामाजिक सङ्घ संस्थाहरू सँग मन्चको सम्बन्ध” कस्तो हुनु पर्ने हो भन्ने सम्बन्धमा सागर नेपालले प्रशिक्षणात्मक अभिव्यक्तिका क्रममा आफ्ना धारणाहरू व्यक्त गरेका थिए।
यसै गरी “संगठन निर्माण, शुद्धिकरण र सुद्रिढिकरण” विषयमा प्रशिक्षण दिँदै मन्चका मध्य पूर्व इन्चार्ज कमलमणि गुरागाईंले ” सङ्गठित सदस्यहरू संगठनको जग तथा मूल खम्बा भएको हुँदा संगठन निर्माण गर्दा वा निर्माण पश्चात सुद्रिढिकरण गर्दा शुद्धिकरण को पक्षलाई आवश्य ध्यानमा राख्नु पर्दछ” भने। शुद्दिकरणको अभियान नेकपा एमाले ले भर्खरै मिसन ग्रासरुट अन्तर्गतको अभियानमा सम्पन्न गरेको समेत आफ्नो प्रशिक्षणात्मक अभिव्यक्तिका अन्त्यमा बताए।
प्रशिक्षणको निम्ति प्रदान गरिएको विषय “संगठन निर्माणमा संचार माध्यमको पहुँच र प्रभाव” उपर बोल्दै कार्यक्रमका प्रमुख अतिथि चानक पोखरेलले ” शरीरको निम्ति रक्त संचार जति महत्वपूर्ण हुन्छ, संगठन को निम्ति संचार माध्यम त्यति नै महत्वपूर्ण हुन्छ” भने। आफ्नो अभिव्यक्तिको क्रममा उनले जहाँ नेपाली त्यहाँ प्रवासी नेपाली मन्च भन्ने मूल नाराका साथ अहिले विश्वका ४१ स्थान भन्दा धेरै ठाउँमा प्रवासी नेपाली मन्चले प्रवासिएका नेपालीहरूको हीतमा काम गरिरहेको बताए।
“मन्चले प्रवासमा काम गरिरहेको छ तर प्रचार प्रसार सशक्त हुन नसक्दा यसको ब्रान्डीङ्ग उचित रूपमा हुन नसकेर क्षति व्यहोरी रहेको आभास भएको छ” भने। भेलामा उठेका प्रश्न तथा सुझावलाई लिएर कतार स्थित प्रवासी नेपाली मन्चले आफ्नो सङ्गठनलाई सुद्रिढिकरण गरी विश्वभरि रहेका मन्चहरू मध्यको अव्वल प्रवासी नेपाली मन्च बनाउन आफूले सक्दो सहायोग गर्ने बताए यसका साथै GSG कतार सँगको समन्वयमा भएका तीता मीठा कुराहरूलाई मिलाएर संगठन एक ढिक्का हुँदै नङ्ग र मासु झैँ एक ढिक्का बनेर आगामी दिनमा बढ्नु पर्ने कुरा आफ्नो प्रशिक्षणात्मक अभिव्यक्तिको अन्त्यमा बताए।
आयोजित प्रवासी नेपाली मन्च कतारको सङ्गठित सदस्यहरूको राष्ट्रिय भेला २०२३ ले संगठित सदस्यहरूको तर्फबाट प्रदान गरिएको राय तथा सल्लाहलाई समेट्दै संगठनको सुद्रिढिकरणको निमित्त सात बुँदा सहितको प्रस्तावित प्रतिवद्धताहरू संगठित सदस्यहरू समक्ष प्रस्तुत गरेर ती प्रस्तावहरू उपर निर्णय गर्दै पास गरेको थियो। जस अन्तर्गत आगामी दिनहरूमा कतारमा रहेका नेपाली श्रमिकहरूलाई समेट्दै सामाजिक सुरक्षा कोष तथा जनचेतना मूलक कार्यक्रम गर्ने कार्यलाई तीव्रता दिने निर्णय समेत भेलाले गरेको थियो।
कार्यक्रमको अन्त्यमा प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटी कतार तथा कार्यक्रमका अध्यक्ष प्रभात त्रिपाठीले “संगठन शुद्धिकरण र सुद्रिढिकरणलाई मध्यनजर गर्दै संगठित सदस्यको राष्ट्रिय भेलाको आयोजना गरिएको हो” भने। “संगठित सदस्यले संगठन निर्माण र परिचालन के हो भन्ने बिषयलाई मजबुतीका साथ ग्रहण गर्नका लागि पनि भेलाको आयोजना गरिएको हो” भने ।
उठेका प्रश्नहरुको जवाफमा उत्तर दिंदै संगठनमा ब्यक्तिको प्रकृति अनुरुप कसैलाई उच-निच देखाउन नहुने, त्यस्तो प्रबृति समाज र संगठनका लागि हितकर नहुने जनाउँदै संगठनको सदस्यले बिचार विधि तथा पद्दतिलाई अंगिकार गरेर हिंड्नुपर्ने बताएका थिए। मञ्चमा, इतिहासमा जस्तो कुनै वैचारिक दुई लाइन संघर्ष नभएको, कुनै स्वार्थ सँग सम्बधित समुह नभएको, विशेष गरि कतारको सम्बन्धमा राष्ट्रिय कमिटी एकढिक्का रहेकोले त्यस्ता असहमतिका स्वार्थलिप्त गुन्जायस संगठनमा नआएका र आउन पनि नदिइने भनाई आफ्नो मन्तव्यको अन्त्यमा राख्दै उपस्थित सबै तह र तप्काका जिम्मेवार सबैलाई आभार प्रकट गरी सङ्गठित सदस्यहरूको राष्ट्रिय भेला कार्यक्रम सफलता पूर्वक समापन भएको घोषणा गरेका थिए ।
उक्त कार्यक्रमको सहजिकरण तथा संचालन मन्चका सचिव तथा संगठन विभाग प्रमुख बिनेश तामाङ्ले गरेका थिए।

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ९, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।