May 2, 2026 | शनिबार, बैशाख १९, २०८३

धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ८, २०८० १५:0८

मलेखु । धादिङमा बुधबार मात्र अलगअलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४, चिरौदी पुलनजिक तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौंतर्फ नै जाँदै गरेको वाग्मती प्रदेश ०१–०२८ च ९३३६ नम्को कारमा समेत ठोक्किन पुगेको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र उनकी श्रीमती २४ वर्षीया ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका निम्ति काठमाडौं ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिए ।

बसमा सवार काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीया सुनिता कार्की, उनकी छोरी तीन वर्षीया कृतिका, धादिङको नीलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीया धनिमाया धमला घाइते भएका छन् ।

यस्तै, धादिङकै सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीया खुसकुमारी तिमिल्सेना, नौ वर्षीया सन्ध्या तिमिल्सेना, नीलकण्ठ–११ का ४४ वर्षीया राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका छन् ।

धादिङकै थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उनकी छोरी २१ वर्षीया सम्झना पनि घाइते भएका छन् ।

तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा त्यसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

सामान्य घाइतेहरूको गल्छीस्थित अम्बी भरोसा अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा सवार दुई र बसमा सवार तीनजनालाई काठमाडौं पठाइएको छ । तीनवटै सवारीसहित बस र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा सवारी दुर्घटनाको घटना बुधबार मात्र यो चौथोे हो । यसअघि, गजुरी गाउँपालिका–६, बन्छेटारमा काठमाडौंतर्फ जाँदै गरेको बा४ख ४१७७ नम्बरको माइक्रोबस र काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए ।

यस्तै, बेनीघाट रोराङ गाउँपालिका–३, शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजना घाइते भएका थिए । त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका थिए । रासस

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ८, २०८० १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।