October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बिद्यार्थीलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ११, २०८१ १३:५३
जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बिद्यार्थीलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

सेतीकर्णाली खबर,बाजुरा- जन्मदिनको अवसरमा बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बिद्यार्थीहरुलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ।

हिमाली गाउँपालिका ६ नम्बर वडामा रहेको बडिमालिका माध्यमिक बिधालयका ३ सय भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामाग्री बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले सहयोग गरेका छन। जन्मदिन अवसर पारी बिधालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले अरु बाहिर खाली खर्च गर्नुका सट्टा आफ्नै बिधालय विद्यार्थीहरु लाई सानोतिनो भएपनि सहयोग गरिएको बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बताएका छन।

बिधालयमा अध्यनरत छात्र छात्रा गरेर करिब ३ सय जना भन्दा बढी विद्यार्थीहरु लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ। बिद्यार्थीहरु लाई नुहाउने साबुन, सेलोपेन, डटपेन, कापी, टफी सहित गरेर १२ हजार ७ सय बराबरको सरसफाइ तथा शैक्षिक सामाग्री एक औपचारिक कार्यक्रम बीच विद्यार्थीहरु लाई हस्तान्तरण गरेका छन।

आफू बिधालय विद्यार्थी सधै सहयोग पक्षमा लागिएको छु। सानोतिनो सहयोग अहिले मात्र नभएर पहिलेदेखि समाज सेवामा सहयोग गर्दै आइरहेको उनको भनाइ रहेकोे छ। बिधालय विद्यार्थी लगायत कार्यक्रम निमन्त्रणा आउनु भएका विद्यार्थी अभिभावक तथा शिक्षकलाई समेत सरसफाइ सामाग्री दिएको छ। बाहिर खर्च जति गरेपनि नदेखिने हुँदा बिद्यार्थी दिइए भने केहि सहयोग मदत हुनसक्ने भएकाले बिधालय शुक्रबार कार्यक्रम संगै आफ्नो जन्मदिन परेको हुँदा बिद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामाग्री सहयोग गरिएको छ।

वितरण कार्यक्रम बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाको सभा अध्यक्ष कार्यक्रम गरिएको हो। सोही कार्यक्रम प्रमुख अतिथि हिमाली गाउँपालिका ६ नम्बर वडाका वडा सदस्य रामकला सार्की बिशिस्ट अतिथि प्रधानाध्यापक दिपक पाण्डे लगायत बिधालय शिक्षक, अभिभावक र बिद्यार्थीहरु बाक्लो उपस्थितिमा विद्यार्थी सरसफाइ तथा शैक्षिक सामाग्री बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले वितरण गरिएको प्रधानाध्यापक दिपक पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ११, २०८१ १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट