October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकको एम्बुलेन्स बिरामी लिन गएको रिब्डा खोलामा दुर्घटना

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १०, २०८० ११:0८
स्वामिकार्तिकको एम्बुलेन्स बिरामी लिन गएको रिब्डा खोलामा दुर्घटना

बाजुरा- बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स आज बिहान दुर्घटनामा परेको छ ।

गाउँपालिकाको वडा नं ३ जुकोटको रिब्डामा बिरामी लिन गएको एम्बुलेन्स आज बिहान ११ बजे दुर्घटनामा परेको हो ।स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स गाउँपालिकाको जुकोट रिब्डा सडक खण्ड अन्तरगत रिब्डा खोलामा दुर्घटना भएको चालक कृति कटेलले जानकारी दिनुभएको छ ।

सुदुरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स सडकबाट करीब १० मिटर तल खसेको उहाँले जानकारी दिनुभएको छ । एम्बुलेन्समा चालक कृति कटेल र बिरामी शाही सकुशल रहेको उहाँले बताउनुभयो ।

दुर्घटनाबाट मानविय क्षेती नभए पनि एम्बुलेन्स सामान्य रुपमा क्षतिग्रस्त रहेको उहाँले बताउनुभयो । वर्षातले सडक चिप्लो भएर एम्बुलेन्स सडक छेउको रुखमा अड्किएको चालक कटेलले जानकारी दिनुभएको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १०, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट